सेवा सुविधाको माग राख्दै प्रदेश सदस्यलाई ज्ञापन पत्र

धनगढी, ४ जेठ । स्थानीय तहका वडा अध्यक्ष बाहेकका नगर कार्यपालिका सदस्य तथा नगर र गाउँ सभा सदस्यहरुले अन्य जनप्रतिनिधी सरह सेवा सुविधा पाउँनु पर्ने माग राख्दै प्रदेश ७ का प्रदेश सभासदस्यहलाई प्रदेश भवनमै ज्ञापन पत्र वुझाएका छन् ।

कैलालीका १३ वटै स्थानिय तहका वडा सदस्यहरुले शुक्रवार प्रदेश सभा भवनमै पुगेर प्रदेश सभा सदस्यहरुलाइ ज्ञापन पत्र बुझाएका छन् ।

विगत केहि दिनदेखि सेवा सुविधाको माग गदै आएका वडा सदस्यहरुले आगामी बर्खे अधिवेशनबाट पारित हुने विधेयकमा वडा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधा नभएको भन्दै विरोध गर्दै आएका छन् ।

यस अघि प्रदेश ७ का मुख्यमन्त्रीलाई भेटि ज्ञापनपत्र बुझाएको हप्ता दिन पुग्न नपाउँदै जिल्ला भरका वडा सदस्यहरु धनगढीमै पुगेर प्रदेश सभा सदस्यहरुलाई ज्ञापनपत्र बुझाएका हुन् ।

अन्य जनप्रतिनिधी सरह आफुहरु पनि निर्वाचत भएका कारण आफुहरु पनि सेवा सुविधाको भागेदार भएको उनिहरुले बताए का छन् ।

नगर कार्यपालिका सदस्य तथा नगर र गाउँ सभा सदस्यहरुको माग प्रति आफुहरुपनि सकारात्मक भएको भन्दै शुक्रवारको प्रदेश सभा वैठकमा सहभागि केहि प्रदेश सभा सदस्यले उनिहरुको माग प्रति प्रदेश सरकार गम्भिर बनुपर्ने बताए । प्रदेश सभा सदस्यहरुले अन्य प्रदेशको सरसल्लाहा र केन्द सरकार संग चाडो सम्वन्यन गरी प्रदेश सरकारले उनिहरुको माग लाई चाडो सम्बोधन गनुपर्ने माग राखेका छन् ।