नेकपाद्धरा १० लाख बराबरकोे मदिरा नियन्त्रणमा लिएर नष्ट

कालिकोट, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका कार्यक्रताहरुले सुर्खेतबाट कालिकोटको सदरमुकाममा आउँदै गरेको ना १ ख १५०३ नम्बरको मालबाहक ट्रकबाट १० लाखको मदिरा जफत गरेका छन् ।

सुर्खेतबाट कालिकोट आउँदै गरेको खाँडाचक्र नगरपालिका १ मा रहेका राप्ती स्टोर र राना स्टोर मदिरा शुभकालिका गाउँपालिकाको कालेखोलामा शुक्रबार जफत गरेका हुन् ।

खाँडाचक्र नगरपालिकाका –१ का ब्यापारी राना स्टार्सको ८ लाखको र राप्ती स्टोर्सको २ लाख बराबरको मदिरा जफत भएको छ ।
शुक्रबार दिउँसो कालेखोलामा ब्यापारीहरुको मदिरा जफत गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी सुवासचन्द्र बोहराले बताए ।

उनले बिहिबार दिउँसो विप्लव माओवादीका कार्यक्रताले मदिरा जफत गरेको जानकारी दिदै, घटनाको सत्यतथ्य बुझन् प्रहरी परिचालन गरिएको बताए ।

गाउँमा मदिराका कारणले सामाजिक सद्भाव खलबलिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले मदिरा नियन्त्रण अभियान थालेको र ब्यापारीहरुको मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको नेपाल कम्युनिष्ट पार्टीका कालिकोट सेक्रेटरी मनीलाल ऐडी (रणदीप) ले स्वीकारे ।

‘मदिराका सामाजिक सद्भाव बिग्रिदै गएको छ ।’ उनले भने,‘झै–झगडा बढ्न थालेपछि मदिरा नियन्त्रण अभियान थालिएको हो । आज १० लाख बराबरको मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका छौं ।’

आफुहरुले राज्यलाई कर तिरेर नै ल्याएको मदिरा विप्लवका कार्यक्रता नष्ट पार्दा ब्यापारमा ठुलो घाटा लागेको राना स्टोसका संचालन रेशम रानाले बताए ।

‘ठुलो परिमाणमा राज्यलाई कर तिरेको मदिरा नष्ट गरिदिँदा ब्यापारमा घाटा लागेको छ ।’ उनले भने,‘यसले गर्दा हामीलाई ब्यापार गर्न पनि समस्या भएको छ ।’