एक सातादेखि दुई बालक बेपत्ता, खोज तलासको लागि जिल्ला प्रहरी कार्यालय संग गुहार
धनगढी, ४ जेठ । घोडाघोडी नगरपालिका ९ रतिपुरका दुई जना वालक बैशाख २९ गतेदेखी बेपत्ता भएका हुन्।
पहलमानपुरको ज्ञानज्योती बोर्डिङ स्कुल कक्षा ७ मा अध्यनरत १३ वर्षिय सुमन सिंह र सिताकुण्ड माध्यमिक विधालय गणेशपुरको कक्षा ६ माअध्ययनरत १४ वर्षिय भरत शाह वेपत्ता भएको सिंहका बुवा अर्जुन सिंहले बताए।
उनका अनुसार हजुरआमासंग पहलमानपुर बजार गएका दुबैजना एक साता अघिदेखि वेपत्ता भएको बताए । बच्चा बेपत्त भएपछि पछि परिवार चिन्तित बनेनका छन्।
बालकहरु वेपत्ता भएको खबर पाएपछि रोजगारीको सिलसिलामा भारत बस्ने सिंह घर फिर्ता आएको बताए । उनले बच्चाको खोजतलासकोलागि कैलाली र कञ्चनपुरमा बुगिसकेको बताए। परिवारले वालक खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन समेत दिएका छन्।













