सुचनाको हक सम्बन्धी आरटीआई क्याराभान

धनगढी, ४ जेठ । एफएमडिसी, बिकास र सामाजिक परिर्वतनका लागि सञ्चारले बैशाख २८ गते देखि कैलाली जिल्लाको धनगढीबाट सुरु गरेको सुचनाको हक सम्बन्धी आरटीआई क्याराभान कार्यक्रम सम्पन्न भएको छ ।

आम नागरिकलाई बढी भन्दा बढी सुचनाको हक सम्बन्धी जानकारी दिने उदेश्यले कैलाली डडेल्धुरा, डोटी र अछामका बिभिन्न ठाउँहरुमा क्याराभान कार्यक्रम सम्पन्न भएको छ ।

एफएमडिसीका कार्यकारी निर्देशक तथा सुचनाको हकका अभियन्ता उमीद बागचन्दको नेतृत्वमा एफएमडिसी टीमको सहभागिता रहेको थियो ।

बागचन्दले बढी भन्दा बढी सुचनाको हक बारे जानकारी दिने उदेश्यले कार्यक्रम गरेको बताए । एफएमडिसीले बिभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले पनि सुचनाको हकका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको बताएका थिए ।

एफएमडिसीले लामो समय देखि सुचनाको हक सम्बन्धी कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएको छ ।