व्रेन स्टोर्म अवोर्ड एजुकेसन सेन्टर संचालनमा

धनगढी, ३ जेठ । व्रेन स्टोर्म अवोर्ड एजुकेसन तथा ईमाइगेर्सन कन्सल्टेन्सी प्राईभेट लिमिटेड धनगढीमा शाखा विस्तार गरिएको छ । धनगढी उप–महनगरपालिका वडा नम्बर ५ को ऐश्वर्य विद्या निकेतन अगाडी सो शाखाको कार्यालय स्थापना भएको हो ।

शाखाको उद्घाटन धनगढी उप–महानरपालिका प्रमुख नृप बहादुर वडले गरेका थिए । यसअघि मुख्य कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा र शाखा कार्यालय अष्टे«लियामा रहेको व्रेन स्टोर्मको धनगढीमा पनि शाखा सञ्चानलमा ल्याईएको हो ।

अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीको सहजताका लागि धनगढीमा शाखा सञ्चालनमा ल्याईएको व्रेन स्टोर्म अवोर्ड एजुकेसन तथा ईमाईगेर्सनका म्क्यानेजिङ डाईरेक्टर कमल खातीले जानकारी दिए ।

शाखाका प्रमुख दिपेन्द्र विष्टले ७ नम्बर प्रदेशबाट अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले काठमाडौ जान नपर्ने बताए । उनले धनगढी शाखाबाट विभिन्न देशको भाषा सिकाउनुका साथै ति देशमा अध्ययनका लागि जाने विद्याथीहरुको भिसा तयारी समेत व्रेन स्टोर्म अवोर्ड एजुकेसनले गर्ने बताए ।