‘बेहडा बाबालाई पर्यटनसंग जोड्नुुपर्छ’

धनगढी, ३ जेठ । यहि जेठ १० गते देखि धनगढी उप–महानगरपालिका वडा नं १५ रामपुरमा गंगादशहराको अवसरमा बेहडा बाबा मेला लाग्ने भएको छ । मेलालाई पर्यटनसंग जोड्न व्यवस्थित गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक शूर्यबहादुर थापाले बताएका छन् ।


कैलाली पर्यटन भ्रमण वर्ष २०७५ लाई भव्यरुपले सफल पार्न कैलालीमा रहेका सम्भावित पर्यटकीय क्षेत्रको प्रचार प्रसारसंगै त्यसको प्रवद्र्धन र विकासकोलागि सो क्षेत्रलाई व्यवस्थि गर्न आवश्यक रहेको संयोजक थापाले बताए ।

उनले बेहडा बाबालाई व्यवस्थित गर्न ९ गते दिउसो २ बजे उद्घाटन गर्ने कार्यक्रमको तयारीसंगै सन्सार गेटमा बाह्य पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम तय गरेको जानकारी दिए ।

उनले उद्घाटन समारोहमा नेपाली काँग्रेसका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्तरण गरेको जानकारी दिदै बेहडा बाबामा आउने दर्शनार्थीलाई पर्यटककोरुपमा स्वागत गरि उहाँहरुलाई बेहडा बाबा लगायत कैलाली भादा होमस्टे, कोइलहुवा कुइलही ताल, जाखोर ताल लगायत पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउने बताए ।


उनले बेहडा बाबामा दर्शन गर्न आएका पर्यटकहरुलाई भादा होमस्टेमा गएर थारु परिकारको स्वाद, थारु घरको अवलोकनसंगै थारु संस्कृति झल्किने नाच जस्तै सखिया, झुम्रा, लठ्ठी नाचमा मनोरञ्जन दिलाउन सक्ने वातावरणको सृर्जना गर्ने बताए ।

विगतमा बेहडा बाबा आएका दर्शनार्थीहरु पुजापाठ गरेर फर्किने गरिएपनि यो वर्ष मेलामा प्रदेश ७ मा रहेको सबै जातजातीहरुको कला संस्कृति झल्किने नाच, खानपिनको परिकार, पोशाक लगायतको प्रर्दशनीसंगै बढि भन्दा बढि प्रचार प्रसार होस् भन्ने उद्देश्यका साथ मेलालाई भव्यरुपले सम्पन्न गर्ने बताए ।

मेलालाई व्यवस्थित गर्न दुई सय स्वयम सेवकहरुलाई खताईने बताउदै यो वर्ष कैलालीमा कति पर्यटक भित्रिय भन्ने रेकर्डकोलागि दाता समेत संकलन गरिने योजना रहेको बताए ।