महिला मैत्री विश्व प्रसिद्ध होन्डा ब्राण्डका जापानीज टिलर नेपालमा

कैलाली, २ जेठ । कैलारी गाउँपालिका वडा नं. ५ पवेरामा होण्डा पावर टिलर डेमो कार्यक्रम महिला मैत्री विश्व प्रसिद्ध होन्डा ब्राण्डका जापानीज टिलर नेपालमै आएको कार्यक्रममा बताइएको छ ।

सो कार्यक्रममा स्याकर ट्रेडि∙ कम्पनी प्रालि काठमाण्डौं र होण्डा पावर टिलर धनगढी कैलालीको अधिकारिक विक्रेता कुमारी ट्रेडर्सले आयोजना गरेको थियो ।

होण्डा पावर टिलर डेमो कार्यक्रममा स्थानीय किसानहरुलाई पावर टिलर र वाटर पम्पबारे जानकारी गराईएको थियो ।
स्याकर ट्रेडि∙ कम्पनी प्रालि काठमाण्डौंका अर्जुन पौडेल होण्डा पावर टिलर र होण्डा वाटर पम्प बारे स्थानीय किसानहरुलाई जानकारी गराएका थिए । उनले महिला मैत्री विश्व प्रसिद्ध होन्डा ब्राण्डका जापानीज टिलर नेपाल भित्र रहेका सबै होन्डा शोरूमबाट खरिद गर्न सकिने बताएका थिए ।

उक्त कार्यक्रममे स्थानीय किसानहरु खेत खनजोत गरि पावर टिलरबारे जानकारी लिएका थिए । कैलारी गाउँपालिका वडा नं. १ डम्मराका स्थानीय कृषक पुष्कर चौधरी पावर टिलर एकदमै किसानमैत्री रहेको बताए । अर्का स्थानीय रामशरण चौधरी तरकारी खेती किसानहरुका लागि पावर टिलर अत्यन्त सस्तो र भरपर्दो कृषि औजार रहेको बताए । यसका साथै उपस्थित अन्य कृषकहरु पनि पावर टिलर र वाटर पम्प गरिब तथा मध्यम वर्गका किसानहरुको लागि किन्न सकिने कृषि औजार रहेको बताएका थिए ।

होण्डा कम्पनीको होण्डा पावर टिलरले एक घण्टामा दुई कठ्ठा जमिन खनजोत गर्न सकिने स्याकर ट्रेडि∙ कम्पनी प्रालि काठमाण्डौंका अर्जुन पौडेल जानकारी दिए । त्यस्तै एक घण्टामा ८५० मिलि लिटर पेट्रोल खपत हुने पावर टिलरको दुई वर्ष फुल मेनुफ्याक्चरि∙ इन्जिनको वारेन्टी, १० देखि २० वर्षसम्म इन्जिनका लाईफटाईम रहेको जनाईएका छ । सार्थ उक्त पावर टिलरका बजार मुल्य एक लाख ६० हजार रहेको कम्पनी जनाएको छ ।

त्यस्तै होण्डा कम्पनीको वाटर पम्पको तीन इन्ची पानी तान्ने पाईप र तीन इन्ची पानी फ्याक्ने पाईप रहेको वाटर पम्पले एक मिनेटमा एक हजार लिटर पानी तान्ने र एक घण्टामा ७५० मिलिलिटर पेट्रोल खपत हने जनाईएको छ । त्यस्तै इन्जिनमा दुई वर्ष फुल मेनुफ्याक्चरि∙ वारेन्टी, १० देखि २० वर्ष इन्जिनको लाईफ टाईम रहेको जनाईएको छ । वाटर पम्पको बजार मुल्य ४२ हजार पाँचसय रहेको छ भने वाटर पम्प खरिदमा २० फिट सेक्सन पाईप फ्रि समेत कम्पनीले उपलब्ध गर्ने जनाएको छ ।
कार्यक्रममा कुमारी ट्रेडर्सका प्रकाश बहादुर सिंह, प्राविधिक लगायतको सहभागिता रहेको थियो । यस अघि कञ्चनपुरको बेलौरीमा समेत होण्डा पावर टिलर डेमो कार्यक्रम आयोजना गरिसकेको जनाईएको छ ।