दोस्रो संसद अधिवेशन शुरु
धनगढी, २ जेठ । आज बसेको दोस्रो प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहले हावाहुरीले पु¥याएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउदै पीडितलाई राहतका लागि विषेश प्याकेज ल्याउन माग गरेका छन् ।
हावाहुरीले ठूलो क्षति भएको कारण प्रदेशबासीलाई गाह्रो भएको भन्दै सहज बनाउन प्रदेश सरकारलाई तत्काल पहल गर्न माग गरका हुन् ।
काँग्रेसका सांसद रण बहादुर रावलले हावाहुरीका कारण प्रदेशमा करोडौको क्षति भएपनि सरकार मुख दर्शक बनेको आरोप लगाए । उनले पीडित जनतालाई तत्काल क्षतिपूर्ति दिन, घाईतेको उपचार गर्न र मृतकलाई राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरे ।
त्यस्तै राष्ट्रिय जनता पार्टीका सांसद मालामती रानाले हावाहुरीबाट पीडित प्रदेशबासीलाई तत्काल राहतको मसहुस गराउन सरकारले कदम चाल्नुपर्ने आग्रह गरे ।
प्रदेश ७ को दोस्रो ससद अधिवेशन बुधवारदेखि सुरु भएको छ । दोस्रो अधिवेशनको पहिलो बैठक बुधवार दिउसो ४ बजे बसेको थियो । सभामुख अर्जुन बहादुर थापा गृह जिल्ला बझाङ रहेका कारण उपसभामुख निर्मला वडाल जोशीले पहिलो पटक संसद सञ्चालन गरिन्न् ।
बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले संसदको दोस्रो अधिवेशन सुरु गर्न पठाएको पत्र उपसभामुख जोशीले पढेर संसदलाई सुनाएकी थिइन् । त्यसपछि ससदमा प्रतिनिधित्व गर्ने दलका एक÷एक जना सांसदले संसद अधिवेशनको समिक्षा गरेका थिए
त्यस्तै अर्थमन्त्री झपट बोहराले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटका सिद्धान्त, उदेश्य, प्राथमिकता र नीतिबारे जानकारी गराउदै बजेटको पूर्व छलफलका लागि संसदमा प्रस्ताव पेश गरेका थिए ।













