सेवक नेपालद्धारा तीन सय पैतिस जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

धनगढी, २ जेठ । सेवक नेपालद्धारा प्लस टु मा अध्ययनरत ३ सय ३५ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगम प्लस टु मा अध्ययनरत विद्यार्थीलाई मनोवल बढाउने उद्देश्यले शैक्षिक सामाग्री सहयोग गरेको सेवक नेपालका शिक्षा विकास अधिकृत प्रेम चौधरी बताए ।

उनले १८ बर्ष मुनिका कक्षा १० पास भएर ११–१२ मा अध्ययनरत भएका प्रयोजित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताए । दक्षिण कोरियाको सहयोगमा एक नागरिक एक बच्चा सहयोगमा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्की चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिकाका प्लस टु अध्ययनरत विद्यार्थीलाई झोला, कपी, कलम, जुत्ता, ड्रेस सहयोग गरेको बताए ।

चौधरीले १० लाख ५ हजार रुपैया बराबरको प्लान बजेट रहेको बताउदै यो वर्ष १० लाख १ हजार ४ सय ७५ मात्र खर्च भएको बताए । ३३५ जना विद्यार्थीलाई संगै शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेपनि ११–१२ को परिक्षा भएकोले विद्यार्थीको समय अभावको कारण विद्यार्थीहरु आफै समय निकालेर कार्यालयमै आई सो शैक्षिक सामाग्री हस्तारणतर गरेको बताए ।

त्यस्तै सन २०१८ सालमा कक्षा ९ र १० मा पढ्दै गरेका ३५ सय ३५ विद्यार्थीलाईपनि शैक्षिक सामाग्री दिने शिक्षा विकास अधिकृत चौधरीले जानकारी दिए ।