दुध संकलन केन्द्रले रतनपुरका महिलाको आत्माविश्वास बढाउदै

कैलाली, १ जेठ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ रतनपुरका महिलाहरु दुध प्रशोधन केन्द्र स्थापना गरि आर्थिकरुपले सशक्तिकरण बन्दै गईरहेका छन् ।

दुध प्रशोधन केन्द्रका अध्यक्ष सुन्दरी चौधरी २०५८ सालसालम २५ जनाको समिति बनाएर दुध संकलन गर्न लागेको बताईन् । रतनपुर गाउँमा पहिलैदेखि भैँसी पालन गरिरहेको बताउदै उनले भनिन् ‘गाउँको दुध छिमेकी देश भारतको चन्दन चौकी गएर बेच्ने बाध्यताको अन्त्य गर्न समिति गठन गरेको हो ।’

अध्यक्ष चौधरीले भनिन् ‘गाउँका महिलाहरु सामुहिकरुपमा काम गर्ने उदेश्यले समिति बनायो र लगतै तिहारमा देउसी भैलो खेलेर रु ४ हजारबाट कोष खडा गरयो ।’ गाउँमा साना साना काम सामुहिकरुपले गर्न थाल्यो । कहिले सडक सरसफाई, कहिले वृक्षारोपण जस्ता कामले महिला सहजरुपले घरबाट बाहिरा निस्कन थालेको अध्यक्ष चौधरीको भनाई छ ।

उनले पहिला महिला घर बाहिरा निस्कन्नाथे तर आज भोली ढुक्क भएर आफूले उत्पादन गरेको बस्तुको बजार भाउ खोज्दै हिड्छन् ।
उनले सो समुहले विस्तारै गाउँभरिको दुध संकलन गरि धनगढी बजार पुर्याउने कामले गाउँका महिलाहरु आर्थिकरुपले बलियो बन्दै गएको अनुभव सुनाउदै दुई वर्ष अगाडी दीप डेरीले आफूहरुको १ लाख रुकम खाएर भागेको बताईन् ।

बजार बिग्रेपछि सङ्कलन केन्द्रमा सङ्कलित दूध बजारीकरणमा समेत समस्या भएको छ । धनगढी पुर्याउने दुध गाउँमै खपत गर्नुपर्ने बाध्यताले ग्रामीण क्षेत्रमा दूधको खपत नहुनु र नजिक बजार नरहनुले सङ्कलन भएको दूध बजारीकरणमा समस्या भएको हो ।
सङ्कलित थोरै दूध समेत बिक्री गर्न गाह्रो भएपछि केन्द्रको क्षमतानुसार दूध सङ्कलन गर्न नसकेको चौधरीले बताइन् । सङ्कलन केन्द्रको क्षमता प्रतिदिन एक हजार लिटर रहेको छ ।

‘बजारीकरणको समस्याका कारण हामीले ७५ लिटरमात्रै दूध सङ्कलन गरिरहेका छौं । त्यसलाई पनि बिक्री गर्न नसक्दा पनिर बनाउनु पर्ने अवस्था छ ।’ उनले भनिन् ।

दुई वर्षदेखि दूध सङ्कन गर्दै आएको सङ्कलन केन्द्रबाट केहि समयसम्म फूलबारीका एक व्यक्तिले धनगढीसम्म दूध पु¥याएका थिए । ति व्यक्तिले दूध लग्न छोडेपछि सङ्कलित दूध धनगढीसम्म पु¥याउन नसकिरहेको अध्यक्ष चौधरीले बताइन् ।

‘अब दूध लग्ने व्यक्ति नपाउँदा वा हामी आफैले पु¥याउन नसक्दा दूधै सङ्कलन गर्न बन्द गर्नु पर्ने जस्तो छ’, उनले भनिन्–‘गाउँघरमा पनिर पनि बिक्री हुँदैन ।’

स्थानीय महिलालाई आयआर्जनमा संलग्न गराउने उद्देश्यले गरिबी निवारण कोषको २४ लाख ४५ हजार र चार लाख ५२ हजार जनश्रमदान गरी कुल २८ लाख ९८ हजार रुपिया लगातमा सङ्कलन केन्द्र स्थापना गरिएको थियो ।

कैलारी गाउँपालिकाको वडा नम्बर ७ मा मात्रै दैनिक ढाई सय लिटरसम्म दूध उत्पादन हुने गरेको बताइएको छ । दूध सङ्कलन केन्द्रले किसानको घरबाट दूध खरिद गर्न नसकेपछि उनीहरुले हसुलिया, पवेरामण्डी र भारतको चन्दन चौकी बजारसम्म पुगेर बिक्री गर्ने गरेको बताइएको छ ।

यसैगरी, विद्युत भोल्टेज कम हुँदा थप समस्या भोग्नु परेको अध्यक्ष चौधरीले जानकारी दिइन् । एक फेजको तारबाट प्रवाह हुने विद्युतले फ्रिज समेत चलाउन नसकेको उनले उल्लेख गरे । ‘जेनेरेटरबाट फ्रिज चलाउने गरेका छौं’, उनले भनिन्–‘विद्युत भोल्टेज कम भएकाले सङ्कलन केन्द्रको चिलिम भ्याट मसिन सञ्चालन गर्न सकेका छैनौं ।’

७ नम्बर वडामा करिब एक हजार तीन सय घरधुरी रहेको जनाइएको छ । सङ्कलन केन्द्रबाट १०१ एक परिवारले प्रत्यक्ष लाभ लिन सक्ने बताइन्छ । सो वडालाई पशु पालन पकेट क्षेत्र बनाएर दूधबाट धेरै लाभ लिन सक्ने सम्भावना रहेको वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए ।

दूध सङ्कलन केन्द्रमा थप उपकरण राख्नका लागि कैलारी गाउँपालिकाको कार्यालयले सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले भने–‘यसको लागि महिला समूहले प्रपोजल तयार पारेर गाउँपालिकाको कार्यालयमा पेश गर्नु प¥यो । कृषि कार्यमा गाउँपालिकाले सहयोग नगर्ने भन्ने हुँदैन ।’

ठूलो लगानीमा कैलारी गाउँपालिकामा स्थापना भएको उद्योगमा यहि दूध सङ्कलन केन्द्र नै पहिलो रहेको बताइएको छ ।