प्रदेश ७ का मुख्यमन्त्री भट्ट र खानेपानी मन्त्री मगर बिचको भेटवार्ता
काठमाडौं, १ जेठ । प्रदेश ७ को विकासका लागि संघ र प्रदेश सरकारमा पहल गर्ने विषयमा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले खानेपानी मन्त्री बिना मगरलाई भेटेर संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा तत्काल पठाउन माग गरेका छन् ।
खानेपानी मन्त्रालयमा मन्त्री मगरसंगको भेटवार्तामा मुख्यमन्त्री भट्टले प्रदेशमा प्रदेशको पठाउन ढिलाइ भइरहेको बताए । ‘प्रदेश सरकार बनेपछि जनताको आकर्षण प्रदेशमै छ, त्यसलाई २–३ महिनामै व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसके प्रदेश सरकारप्रति जनतामा वितिष्णा जाग्ने छ र जनता प्रदेश सरकारको विरोधमा उत्रने छन्,’ उनले भने ।
प्रधानमन्त्री र संघका मन्त्रीहरूसँग भेटवार्ता गर्न काठमाडौं आएका मुख्यमन्त्री भट्टले मन्त्री मगरलाईसंग सो माग राखेका हुन् ।
विगतमा सरकारको प्राथमिकतामा पर्न नसकेको सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशको तीब्र विकासका लागि संघीय सरकारमा मन्त्री मगरले पहल गर्नुपर्ने बताए ।उनले भनिन् ‘संघ र प्रदेश सरकार दुबैलाई मिलाउन सके मात्रै प्रदेशको विकास गर्न सकिन्छ ।
त्यसैले केन्द्र सरकारमा मन्त्री ज्यूले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेका छ ।,’ भेटवार्तामा ७ नम्बर प्रदेशका सीमा समस्या समाधान, सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतका विषयमा समेत छलफल भएको थियो ।













