कोटातुल्सीपुर स्वास्थ्य चौकीमा आधुनिक सुविधायुक्त प्रसुति गृह निर्माण
कैलाली, ३१ कैलालीको बर्दगोरीया गाउँपालिका ६ कोटातुल्सीपुर स्वास्थ्य चौकीमा अलगै बर्थिङ्ग सेन्टरको भवन निर्माण भएपछि सुत्केरी हुने महिलालाई सहज भएको छ ।
वडा नं. ६ मा रहेको स्वास्थ्य चौकीमा भवन अभावको कारणले सुत्केरी महिलाहरुलाई बच्चा जन्माउन असज भईरहेको बेला सेवक नेपालले छुट्टै प्रसुति गृह निर्माण गरिदिएको हो ।
सुत्केरी महिलाहरुलाई बच्चा जन्माउन असज बातावरण रहेको रिसर्च गरेर बर्थिङ्ग सेन्टर निर्माणमा गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सेबक नेपालले सो प्रसुति गृह निर्माण गरेको सेवक नेपालका शिक्षा विकास अधिकृत प्रेम चौधरी बताए ।
उनले २०१६ मा असल छिमेकी संस्थाले अधुरो छोडेको बर्थिङ्ग सेन्टर भवनमा ७ लाख ९७ हजार ९ सय ६६ रुपैया सहयोग गरि निर्माण कार्य पुरा गरेको बताए ।
उनले सो भवनमा १ लाख ६९ हजार ५ सय ४३ रुपैया समुदायको सहयोग रहेको बताए ।
बर्दगोरिया– ६ का वडा अध्यक्ष रामकृष्ण डगौराले स्वास्थ्य चौकीमा भवन अभावको कारण सुत्केरी हुन आउने महिलालाई समस्या हुने गरेको बताउदै प्रसुति गृह निर्माण कार्य अन्तिम चरणमा पुगेकोले गर्भवतीलाई सहज हुने बताए ।
उनले भवन अभावका कारण कार्यालयका कर्मचारी औषधी कोठामै सुत्थे र सबै प्रकारको विरामीलाई एकै ठाउँमा राखी उपचार गर्ने बाध्यता रहेको बताउदै, अब अलगै सुविधा सम्पन्न आधुनिक प्रसुति भवन निर्माण भएपछि सुत्केरीलाई सहज हुनेबताए ।
सो भवनमा एउटा कोठा आवाज बाहिरा नआउने, बाहिरा बिरामी कुरुवा कोठा र अर्को ल्याब सहितको औषधी कोठा बनाइएको छ ।
कोटातुल्सीपुर स्वास्थ्य चौकीमा ७ जना सरकारी दरबन्दी र ४ जना गाउँपालिकाको अनुदानमा स्वास्थ्यकर्मी रहेको अध्यक्षले बताए ।
आफ्नै गाउँ ठाउँमा ल्याबको सहितको व्यवस्था भएपछि ९० प्रतिशत स्थानीय महिला आफ्नै ठाउँमा सुबिधा पाएको वडा अध्यक्ष चौधरीले बताए ।
त्यसै गरि सेवक नेपालको आर्थिक सहयोगमा वडा कार्यालयको प्रांगनमा खानेपानको व्यवस्था गरिदिएपछि स्वास्थ्य चौकीलाई समेत फाईदा पुगेको अध्यक्षको भनाई छ ।
पहिले शुद्ध खानेपानी र शौचलाय नभएपछि विरामीलाई समेत समस्या भएको थियो । तर अहिले संस्थाले ८ लाख ८३ हजार ८१ रुपैयाको सहयोगमा दीप बोरिंग निर्माण गरिदिए पछि स्वास्थ्य चौकीसंगै खानेपानीबाट वडा नं. ६ पृथ्वीपुरका ४ हजार जना समेत लभान्वित रहेको वडा अध्यक्ष डगौराले बताए ।













