रानाथारु सुचिकरणबारे संघीय संसदमा उठ्यो आवाज (भिडियो सहित)

कैलाली, ३१ बैशाख । रानाथारु समुदायलाई आदिवासी जनजातिमा सुचिकरण गर्नु पर्ने भन्दै संघीय संसदमा आवाज उठेको छ ।

आज (सोमबार) बसेको संघीय संसदको बैठकमा कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित सांसद नारदमुनि रानाले सुचिकरणको माग गरेका हुन् ।

सुचिकरणको लागि गठित छानविन टोलीले प्रतिवेदन तयार पारेपनि हालसम्म सार्वजनिक नगरेकोप्रति अपत्ति जनाउदै सार्वजनिक गर्न माग गरेका थिए ।

सुचिकरण नहुँदा रानाथारु समुदाय हालसम्म राज्यप्रति आपनत्व महशुस गर्न नसकेकोले राज्यले तत्काल सुचिकरण गर्नु पर्ने माग गरे ।

त्यसतै उनले गत राति कैलालीमा आएको भिषण हावाहुरीबाट क्षति व्यहोरिएका नागरिकहरुलाई राहत वितरण गर्नुपर्ने पनि माग गरे ।

गत वर्ष बाढीबाट पीडित कैलालीका नागरिकहरु अझै राहत नपाएकोप्रति गुनासो गर्दै उनले राज्य गम्भिर हुनुपर्ने बताए । संसदमा सम्बोधनको क्रममा उनले कैलाली कञ्चनपुरस्थित मुक्तकमैया न्यायोचित पुनस्र्थापना तत्काल पुरा गर्नुपर्ने माग समेत गरे ।