महिमा चर्चमा बम बिष्फोट
धनगढी, ३० धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीमा रहेको महिमा चर्चमा अज्ञात समुहले बम विस्फोट गरेको छ ।
गए राति साढे ११ वजेतिर चर्चमा कोही नभएको समयमा वम विष्फोट भएको थियो । अज्ञात समुहले वम विष्फोट गर्दा पर्खालका ईट्टाहरु भत्किएका छन् भने झ्यालका सिसाहरु फुटेका छन् ।
साथै चर्च भित्र रहेको दराजमा क्षती पुग्नुका साथै बिछ्याएको कार्पेट समेत जलेको छ । राती कोही नभएको समयमा गरिएको विष्फोटले अन्य कुनै क्षति नभएको चर्चका पाष्टर कैलाश करियाले बताए । स्थानीयले बम पड्केको आवाज सुनेपछि आफुलाई खबर गरेको पाष्टर करियाले बताए । उनले पट्काउने गिरोहलाई प्रसाशनले खोजिनिती गनुपर्ने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विनोद घमरेले महिमा चर्चमा बम पट्काउँने गिरोहको खोजी भईरहेको बताए ।
सामाजिक सद्भाब विथोल्ने तत्वले बम पट्याएको हुन सक्ने आशंका प्रहरीले गरेको प्रमुख घिमरेले बताए । उनले सामाजिक सद्भावमा असर गर्ने गिरोहलाई चाडै कानुनी दायरामा ल्याउँने आश्वसन दिए ।













