सरकारी सेवा सुविधामा आमनागरिकको सहज पहुँच बनाउन समिक्षात्मक अन्तरक्रिया
धनगढी २८ बैशाख । हामी नेपाली हाम्रो नेपाल एक अभियान अन्तर्गत सरकारी सेवा सुविधामा आमनागरिकको सहज पहुँच बढाउन एफएमडिसी कैलालीद्वारा आयोजित सरोकारवाला बीच समिक्षात्मक अन्तरक्रिया सम्पन्न भएको छ ।
ओपन सोसाइटी फाउण्डेसनको सहयोगमा गत ६ महिनाको अवधिमा नागरिकता लगायत जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाई सराई र सम्बन्ध विच्छेद दर्ता जस्ता महत्वपुर्ण रजिष्ट्रेसन लगायत सरकारी सेवा सुविधा बारे धनगढी उपमहानगर पालिकाको ८ वटा वडाहरु भई रहेको कामको समिक्षा अन्तरक्रिया कार्यक्रममा समिक्षा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगर पालिकाका प्रमुख नृपबहादुर वडले ८ वटा वडामा सञ्चालित यो अभियानले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्दै आमनागरिकलाई सरकारी सेवा सुविधासम्म सहज पहुँच पु¥याउन शुरु गरिएको यो अभियानलाई सबै वडाहरुमा पु¥याउन आग्रह गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यो अभियान सरकारी स्तरबाट प्रदान गरिने सेवा सुविधा बारे चेतना जगाउन महत्वपुर्ण भुमिका खेलेको यो अभियानलाई सघाउन जिल्ला प्रशासन कार्यालय सँधैव तयार रहँने कुरामा जोड दिए ।
एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दको अध्यक्षता सम्पन्न सरोकारवाला बीच समिक्षात्मक अन्तरक्रियामा जिल्ला जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंह, कैलालीका प्रहरी प्रमुख विनोद घिमिरिे र युएनडिपीका प्रदेश संयोजक शतिस पाण्डे लगायतले सफलताको शुभकामना व्यक्त गरेका थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका ८ वटा वडाका वडाअध्यक्षहरु, वडा सचिवहरु, एफएमडिसीका सामुदायिक कार्यकर्ताहरु र नागरिकता पाउन नसकेकाहरुको सहभागिता रहेको थियो । सहभगिहरुलाई कार्यक्रम संयोजक ओम जोशीले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत रसुता जैरुले गरेको उक्त कार्यक्रममा ६ महिनाको अवधिमा नागरिकता, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ताको तत्थ्याँक समेत सार्बजनिक गरिएको थियो ।













