करोडौको मेसिन प्रयोगमा नआउदा खिया लाग्दै
धनगढी, २७ बैशाख । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ मा रहेको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा करोडौको मेसिन प्रयोगमा नआउदा खिया लाग्दै गैइरहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य बीमाले ईसिजि, भिडियो ऐक्सरे, ऐक्सरे र डेन्टलको लागि करोडौं रकम बराबरको मेसिन उपलब्ध गराएपनि दक्ष जनशक्ति नभएको कारण सो मेसिन प्रयोग विहिन अवस्थामा राखिएको छ ।
केन्द्रका अहेबा कृष्ण नन्द शाहले स्वास्थ्य केन्द्र उपचार मेसिनको अभावमा स्वास्थ्य बीमाले मेसिन उपलब्ध गराएपनि सम्बन्धित विज्ञ डा. नभएको कारण बिना काममा थन्काएर राखिएको बताए ।
उनले डेढ वर्षदेखि थन्काएर राखिएको मेसिन खिया लाग्दै गईरहेको बताउदै मेन पावर नपाएपनि भएको जनशक्तिलाई तालिम दिएर दक्ष बनाइ दिन आग्रह समेत गरे ।

उनले स्वास्थ्य केन्द्रमा मेसिन उपलब्ध गराउने बेला केन्द्रकै कर्मचारीलाई दक्ष बनाउने अशवासन समेत दिएको बताए । केन्द्र समान्य बिरामी बाहेक प्राय सबैलाई रेफरगर्नु पर्ने अवस्था रहेको समेत बताए ।
उनले दुई जना एमबिबिएस डाक्टर र एक जना अहेबाले केन्द्र चलाईरहेको बताउदै निशुल्क पाईने औषधीको पनि अभाब रहेको बताए ।
बिरामीहरु स्वास्थ्य केन्द्रमा औषधी नपाएर मेडिकलबाट किन्न बाध्य रहेको बताउदै ५८ प्रकारको औषधी निशुल्क पाउने लिस्टमा ६ प्रकारकोपनि औषधी पाउन गाह्रो भईरहेको बताए ।
स्वास्थ्य बीमाका जिल्ला प्रबन्धक नरेश चौधरीले स्वास्थ्य बीमाले बिरामीलाई उपचारमा छिटो, छरिटो र सहज होस भनेर मेसिन नभएको ठाउँमा मेसिन उपलब्ध गराए पनि स्वास्थ्य मन्त्रालयको लपरवाहीले सो मेसिन प्रयोगमा आउन नसकेको बताए ।
उनले स्वास्थ्य केन्द्रमा कि विज्ञ डाक्टर पठाउ होईन भने भएको जनशक्तिलाई तालिम दिएर दक्ष बनाउनु पर्छ भन्दै पटक पटक आग्रह गरिएको बताए । स्वास्थ्य केन्द्रमा विज्ञ डाक्टर, औषधीको अभाव, भवन अभावले बिरामीहरु दुःख पाईरहेको बताए ।













