तिन दिने क्षमता अभिबृद्धी तालिम सम्पन्न
धनगढी, २७ बैशाख । दलित महिला जनप्रतिनिधिहरुको लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । विहिबार ७ नम्बर प्रदेशका महान्याधिबक्ता कुलानन्द उपाध्यायले एक कार्यक्रमका विच तालिमको समापन गरे ।
समग्र विकासको अवरोध, जातिय तथा लैंगिक विभेद भन्ने मुल नाराका साथ दलित महिला संघ कैलालीको आयोजनामा सो तालिम भएको थियो ।
मंगलबार बाट धनगढीमा शरुभएको तालिममा जिल्लाको बर्दगोरीया गाउँपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगर पालिकाको निर्वाचित दलित महिलाहरुको सहभागीता रहेको थियो ।
सस्थाका अध्यक्ष पुनम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा, धनगढी उपमहानगर पालिकाका प्रशासकिय अधिकृत शुरेन्द्र कार्कि, अधिबक्ता जानकी तुलाधर, लगाएतकाले तालिमको सहजीकरण गरेका थिए । एफ जे एस (यु, एस एन) को सहयोगमा सञ्चलित तालिमको व्यवस्थापन विनोद घिमिरेले गरेका थिए ।













