तपेन्द्र र बिवेक विद्यालयबाट बन्चित हुदै

टीकापुर, २७ बैशाख । शैक्षिक शत्र सुरु भएको एक महिना हुना लाग्दा पनि तपेन्द्र विक र विवेक विद्यालय जान सकेका छैनन् ।
कैलाली टिकापुर नगरपालिका– ८ सुर्यपुर घर भएका उनीहरु आर्थिक अवस्था कम्जोर भएकै कारण विद्यालयबाट बन्चित हुने अवस्थामा पुगेका हुन् ।
नयाँ शैक्षिक सत्रका लागि विद्यायलय भर्ना, कापी किताल कलम र स्कुल ड्रेसको अभावले विद्यालय पठाउन नसकको उनीहरुका आमा रुपा विक बताईन् ।
टिकापुर नगरपालिका– ८ सुर्यपुरमा रहेको सामुदायिक विद्यालय राष्ट्रिय निमावि कक्षा ५ र कक्षा ३ मा पढ्ने तपेन्द्र र विवेकको लागि शैक्षिक सामाग्री जुटाउन नसक्दा अहिले सम्म उनी विद्यालय जान नसकेको रुपाले बताईन् ।
‘श्रीमान रोजगारीको लागि भारतको बैैंङलौर गएपनि ७–८ बर्ष भईसक्यो अहिले सम्म सम्पर्क विहिन छ, घरमा कमाउने केही नभएपछि आर्थिक अवस्था कमजोर भएको हो ।’
रुपाले भनिन्– ‘ऐलानी ंजग्गामा सानो छोपडी छ, दैनिक मजदुरी गरेर घर खर्च चलाइ रहेको छु, बच्चालाई स्कुल पठाउने खर्च कहाँ पाउँने !’ विद्यालयले पनि विद्यार्थी भर्ना गरेबाफात अभिभावक सहयोग शुल्क र विद्यालय प्रवेश शुल्क दिनुपर्ने बताईन् ।
भत्केको झोपडी त्यसमाथि हावा हुरीले उडाएको खरको छानो भएको सानो घर ! बर्षा आउनै लाग्दा बर्षातको समय कसरी काट्ने भन्ने रुपाको पीर छ ।