‘मिनिस्कट वाली छैली’ मा हट मोडल अन्जु कुश्मी

कैलाली, २७ बैशाख । बर्दियाको बढैया तालमा छायांकन भएको हट मोडल अन्जु कुश्मीको ‘मिनिस्कट वाली छैली’ म्यूजिक भिडियो शुक्रबार सार्वजनिक हुने भएको छ ।

म्युजिक भिडियोमा नव मोडल नरेश चौधरीले मिनिस्कट वाली अन्जुसंग बराम्बार चुम्मा मागेका छन् । अन्जु कुस्मीको मिनिस्कट देखेर दिवाना बनेका मोडल चौधरी चुम्मा मागी रहँदा अन्जुले पुलिस केश समेत गर्ने भ्याएकी छिन् । भने मोडल चौधरीले चाहे पुलिस केश गर चाहे बुवा आमालाई भने पनि मलाई चुम्मा चहियो भन्न समेत भ्याएका छन् ।

विश्व सागर र सुमन चौधरीको स्वर रहेको गीतमा म्युजिक भिडियोका लागि प्रदिप चौधरीले डारेक्सन गरेका छन् । गीतको छायांकन रामु चौधरी गरेका छन् भने मेकअप अमृता चौधरीको रहेको छ । म्युजिक भिडियो आरकेसी डिजिटल प्रालि युट्यूव च्यानलबाट सार्वजनिक हुने जनाईएको छ ।