एस.ई.ई. विद्यार्थीहरुका लागि धनगढीमा वृहत चित्रकला प्रतियोगिता

एडुपल नेपालको आयोजनामा धनगढीमा वृहत चित्रकला प्रतियोगिता २०७५ हुने भएको छ ।
भूकम्प सम्बन्धि जनचेतना जगाउने उद्देश्यले एडुपल नेपालको आयोजनामा भोली बैशाख २८ गते उक्त चित्रकला प्रतियोगिता हुने भएको हो । भूकम्प सम्बन्धि चित्रकला मार्फत जनचेतना जगाउने उद्देश्यले विगत तीन वर्ष देखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको एडुपल नेपालका प्रवन्ध निर्देशक टेक पन्त जानकारी दिए । नेपालमा २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पले लाखौं धनजनको क्षति भएको थियो ।

 

उक्त भूकम्पमा परी ज्यान गुमाएका नेपालीको सम्झना तथा भूकम्प सम्बन्धि आम जनमानसमा जनचेतना जगाई धनजनको क्षति हुन बाट बचाउन प्रतियोगिता आयोजना गर्दै आएको निर्देशक पन्त बताए । अन्य वर्ष बैशाख १२ गते गर्दै आएको प्रतियोगिता विविध कारणले यो वर्ष बैशाख २८ गते गर्न लागेको बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद तीन हजार, द्धितियलाई दुइ हजार र तृतियलाई नगद एक हजारको पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा एस.ई.ई. दिएर बसेका विद्यार्थीहरु मात्र सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।