नेपाल जातिय संङ्गग्राहालय मुल भवनको शिलान्यास

लम्की, २६ बैशाख । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतिमा रहेको निर्माणधिन नेपाल जातिय संङ्गग्राहालय मुल भवनको शिलान्यास भएको छ ।

नेपाल जातिय संग्रलयकी अध्यक्ष तथा पुर्व सभासद मदन कुमारी शाह गरिमाको सभाध्यक्ष्यतामा भएको सिलान्यास कार्यक्रममा समाजिक विकास मन्त्री दिर्घ सोडारी प्रमुख अतिथी रहेका थिए ।

मन्त्री सोडारीले नेपाल जातिय संग्र्राहलय प्रदेश नम्बर ७ भित्र रहेका सम्पुर्ण जातजाति तथा संस्कृति झल्कने सम्पदा लोप हुदै गईरहेकोले त्यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले आन्तरिक तथा बाह्य पर्यटक भित्राउनलाई पनि संङ्गग्राहलयको विकास गर्नु पर्ने आवश्यक रहेको बताए । उनले यो संङ्गग्राहलय प्रदेश ७ कै पहिचनाको रुपमा रहेकोले बताउदै यसलाई जोगाउन सबैको पहल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद रतनबहादुर थापाले नेपाल जातिय स्रंङ्गग्राहलयको विकासको लागि केन्द्र स्तरबाट पहल गर्ने बताए ।

जानकी गाँउपालिका अध्यक्ष प्रदिप कुमार चौधरीले संङ्गग्राहलय सबैको सम्पत्ती हो यसको संरक्षण गर्न सबै प्रतिबद्ध हुनुपर्ने अध्यक्षको भनाई थियो