अनुशिक्षण तालिम शुरु
धनगढी, २६ बैशाख । स्थानीय सरकार संञ्चालन ऐन २०७४ का बारेमा जानकारी दिन स्थानीय तह सम्बन्धी २ दिने अनुशिक्षण तालिम आज देखि धनगढी उपमहानगरपालिमा शुरु भएको छ ।
सो तालिममा १९ वटै वडाका वडा अध्यक्ष, सचिव र प्रशासनिक क्षेत्रका कर्मचारीको सहभागिता रहेको छ । तालिममा स्थानीय सरकार संञ्चालन ऐन २०७४ का बारेमा जानकारी, योजना दर्जुमा निर्देशिका सम्बन्धी जानकारी, घटना दर्ता प्रक्रियाका बारेमा जानकारी गराईने धनगढी उपमहानगरपालिका प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीले बताए ।
उनले २ दिने अनुशिक्षण तालिमबाट १९ वटै वडाका वडा अध्यक्ष र सचिवहरुलाई काम गर्न सहज हुने विश्वास रहेको बताए ।













