शकिलले एक वर्षको सकसले आमाको नामबाट पाए नागरिकता
नेपालगन्ज २६ बैशाख । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का मोहम्मद शकिल हलवाईले करिब १ वर्षको मेहनतलेपछि आमाको नामबाट नेपाली नागरिकता पाएका छन् ।
नागरिकता नपाए पछि उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा ‘मैले नागरिकता कहिलेसम्म पाउँछुु’ भनी सूचना माग गरेका थिए । नेपालको संविधानमा आमाको नामबाट नागरिकता पाउने कानुुनी प्रावधान भए पनि जिल्ला प्रशासन कार्यालय, बाँकेले हलवाईलाई नागरिकता दिन ढिलाई गरेको थियो ।
नेपालको संविधान अनुसार आवश्यक कागजात पेश गर्दा पनि विभिन्न बहाना देखाउँदै नागरिकता दिन आनाकानी गरे पछि एक वर्ष पहिले शकिलले जिल्ला अदालतमा मुुद्धा दर्ता गराएका थिए ।
जिल्ला अदालतले पनि २०७४ जेठ १४ गते महिना दिन भित्र शकिललाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाँकेलाई आदेश दिएको थियो ।
हलवाईले नागरिकता पाए पछि आफुू ज्यादै नै हर्षित भएको र रोजगारीको लागि सहजता भएको बताए । नेपालगन्जमा यस अघि आमाको नाममा दीपिका सोनीले नागरिकता प्राप्त गरेकी थिईन् ।













