२ करोड दर्शकले हेरे डिपीएल
धनगढी, २५ । धनगढी प्रिमियर गिलको द्रोस्रो संस्करण समग्रमा राम्रो भएको र प्रत्येक्ष र अप्रत्येक्ष गरी करिब २ करोड दर्शकले प्रतियोगिता रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
डिपिएल क्रिकेट प्रतियोगिताको समिक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवास शाहीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा दैनिक औषत २ करोड दर्शकले विभिन्न माध्यम मार्फत डिपीएल हेरेको बताए ।
यस पटकको प्रतियोगिताले आईसी–सी मान्यता प्राप्त गर्नुका साथै हङकङ र युएईका कप्तानको सहभागिताले धनगढी प्रिमियर गिल थप रोमाञ्चक बनेको अध्यक्ष शाहीले बताए । उनले रुस्लान डिपीएलले खेल अवधाी भरी धनगढीको आर्थिक गतिविधी चलायमान हुनका साथै आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेको जानकारी दिए ।
धनगढी प्रिमियर गिलको द्रोस्रो संस्करणमा ३ करो १२ लाख ७५ हजार ८ सय २७ रुपैया खर्च भएको अध्यक्ष शाहीले बताए ।
उनले जस अन्तरर्गत १ करोड ९९ लाख नगद र १ करोड १३ लाख ६८ हजार विभिन्न शिर्षकमा सहयोग प्राप्त भएको शाहीको भनाई छ । उनले खेलमा आवश्यक ६ लाख ९५ हजार रकम धनगढी क्रिकेट एकेडेमीले लगानी गरेको बताए । यस पटकको प्रतियोगिताले अर्काे संस्करण गर्न थप हौउसला मिलेको धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।
यस पटकको प्रतियोगितामा ई टिकेटिङ, डिजिटल स्कोरबोड, एलइडी टीभी, रिप्ले सिस्टम आदिको प्रयोग गरेको थियो । त्यस्तै आगामी संस्करणमा प्रविधीहरुको प्रयोगमा थप जोड दिनुका साथै डिपीएल होम एण्ड अवे र डे नाईट खलाईने तर्फ प्रयास रहेको अध्यक्ष शाहीको भनाई छ ।
त्यस्तै फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको बाटो खोलिदिन ड्रिम फाप्ला अभियानले सरकारलाई आग्रह गरेको छ । ड्रिम फाप्ला अभियानले उक्त मैदानको जिम्मा आफुलाई दिए ३ वर्षमै पुरा गर्ने समेत जनाएको छ । उक्त अभियानले यसअघि नै सरकारलाई पब्लिक, प्राईभेट र पाटनरसि (पिपिपि) मोडेलमा तयार गर्नका लागि ड्रिम फाप्लाको भिडियो उपलब्ध गराएको थियो ।
ड्रिम फाप्ला अभियानका सयोजक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले सरकारले उक्त पिपिपि मोडेलमा फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि लाग्नुपर्ने बताए ।













