फोनिजको शाखा मलेसियामा, विदेश शाखा संख्या ६ पुग्यो
मलेसिया, २५ बैशाख । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को मलेसिया शाखा गठन भएको छ । यो सँगै फोनिजको विदेश शाखा संख्या ६ पुगेको छ ।
मलेसियाको राजधानी क्वालालमपुरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संगठन सचीव मिलन लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले फोनिजको मलेशिया शाखा गठन गरेको हो ।
सुनाखरी मगरको अध्यक्षतामा गठन भएको मलेशिया शाखा उपाध्यक्षमा दिपखादी लिम्बू, सचिवमा घनश्याम चौधरी (आर.एन चौधरी) सहसचीव इषा राना, कोषाध्यक्षमा अर्पण मगर चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा क्रमशः सोनाम नोर्बु तामाङ, पासाङ तामाङ, बेगबहादुर आले मगर, सन्तोष योन्जन तामाङ, सबिन राई रहेका छन् ।
त्यस्तै, सल्लाहकारमा क्रमशःबिपिन राई ,बिपेन उलाङ्गे, दिल केरुङ लिम्बू, रुसाहाङ चेम्जोङ रहेका छन् ।
आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा लिम्बूवान पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ, नेपाली कलाकार राजन राई लगायत विभिन्न संघ संस्था, राजनीतिक पार्टीका भातृ संगठनको सहभागिता थियो ।
सो अवसरमा लिम्बुवान पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङद्वारा लिखित मलेसियामा नेपाली साहित्यहरु नामक पुस्तक बिमोचन गरिएको थियो । फोनिजको अन्य विदेश शाखामा युरोप, दक्षिण कोरिया, हङकम, जापान र बेलायतमा रहेका छन् ।













