कैलाली भ्रमण बर्ष २०७५ सफल पार्न सबैको सहयोगको अपेक्षा
धनगढी, २३ बैशाख । कैलालीको लम्की चुहा नगरपालिका वडा नंं ३ चिसापानीमा हिजो देखि शुरु भएको कैलाली भ्रमण वर्ष २०७५ आज धनगढी उपमहानगरपालिकामा पुगेर सम्पन्न भएको छ ।
कैलालीको पर्यटन प्रर्वद्धनमा सहयोग पुुग्ने उद्देश्यले शुरु भएको कैलाली भ्रमण बर्षमा प्रतिनिधी सभा, राष्ट्रिय सभा र प्रदेश सभाका करिब १०० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

कैलालीका विभिन्न पर्यटकिय क्षेत्रहरुको भम्रण पछि यस क्षेत्रको पर्यटन विकासका लागी ३ तहका माननियहरुले सहयोग गर्ने बताएका छन् । कैलाली जिल्ला प्राकृतिक स्रोत तथा विभिन्न कला संस्कृतिले भरिपुर्ण भएका कारण कैलालीमा पर्यटनको संम्भावना बढी रहेको उनिहरुको वुझाई छ ।
विभिन्न जिल्लाबाट कैलाली भ्रमण बर्षमा सहभागी भएका राष्ट्रिय सभाका सदस्यहरुले कैलालीका विभिन्न तालतैलाया, नदिनाला, टीकापुर पार्क, विभिन्न जातजातिका भाषा, संस्कृतिले भरिपुर्ण जिल्ला भएको बताएका छन् ।
उनिहरुले कैलाली जिल्ला बाहिरी रुपमा वुझे जस्तो जिल्ला नभएको फरक पहिचान बोकेको जिल्ला भएको अनुभाव सुनाए । कैलाली जिल्लाका विभिन्न क्षेत्रहरुको भ्रमण गर्न पाउँदन खुशी व्यक्त गर्दै कैलालीको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने उनीको बताएका थिए ।













