कला पत्रकारिता अवार्ड अविनाशलाई
धनगढी, २३ बैशाख । घोडाघोडी मिडिया सञ्चार समूह कैलालीले पश्चिम टुडे मिडिया हाउसमा कार्यरत तथा गोरखा पत्र दैनिकका अविनाश चौधरीलाई ‘उत्कृष्ट कला पत्रकारिता अवार्ड’ प्रदान गरेको छ ।
समाचार सम्प्रेषण तर्फ कला, संस्कृतिको संरक्षण र कलाकारहरुलाई प्रोत्साहन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कदर गर्दै कला पत्रकारिता अवार्डले सम्मान गरेको घोडाघोडी मिडिया ग्रुपका बालकृष्ण चौधरीले जानकारी दिए ।
विन्दास मिडिया ग्रुपले ३५ विधामा ३५ जनालाई अवार्ड वितरण गरिएको थियो ।













