पत्रकार महासंघको प्रादेशिक चुनावमा कैलालीबाट शाहलाई १०० मत

धनगढी, २२ बैशाख । नेपाल पत्रकार महासंघको प्रादेशिक महाधिवेशनमा अर्जुन शाहले कैलालीबाट १०० मत प्राप्त गरेका छन् भने अर्का प्रतिद्वन्दी हरि जोशी ४३ मत पाएका छन् ।

मत गणनामा सहभागी भएका नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीका अनुसार कैलालीमा १४६ जनाले मतदान गरेकोमा शाह आफना प्रतिद्वन्दी जोशी भन्दा भारी मत प्राप्त गरेको जानकारी दिए ।

खसेको कुल मत मध्ये दुई मत बदर भएको निर्वाचन समितिले जनाएको छ । कैलालीमा २०१ जना मतदाता रहेकोमा अरु अनुस्पिथत रहेका थिए । अध्यक्ष पदका लागि चुनाबी मैदानमा रहेका शाह र जोशी प्रेस चौतारी नेपालका उम्मेदवार हुन् । केन्द्रले जोशीलाई आधिकारीक उम्मेदवार भनेर पत्र पठाएपनि शाह लोक प्रियताका अधारमा कैलालीबाट बढि मत प्राप्त गरेका हुन् ।