कालिका कन्ट्रक्सन कार्यालयमा बम विस्फोट, स्कुलले चलाएको चर्चामा आगजनी

कैलाली, २२ बैशाख । कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै जीवन ज्वती बोडिङ स्कुले चलाएको चर्चमा आगजनी भएको छ ।

बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा शुक्रबार राति १२ बजेतिर विस्फोट हुनुको साथै आजगनी भएको बताइएको छ । विस्फोटको आवाजसँगै कार्यालयमा आगो लागेको स्थानीयले बताएका छन् ।

आगजनीबाट कम्पनीको कार्यालयका मेसिन, जेनेरेटर र डोजरहरुमा क्षति भएको बताइएको छ । सोहि समयमा बाँकेमै जीवन ज्वती बोडिङ स्कुलले सञ्चालन गरेको चर्चामा पनि आगजनि भएको छ ।

साम्राज्यवादीहरुको डलर खाएर नेपालमा साम्राज्यवादी को राजनीतिक उद्देश्य पूरा गर्ने क्रिस्चियन मिसनलाई जनताको आग्रहमा कार्वाही गरिएको बुझिएको छ ।

बन्दको पुर्वसन्ध्यामा भेरी कर्णाली र सेती महाकालीका विभिन्न जिल्लामा मसाल जुलुस सहित बम बिस्फोटहरु भएका छन् । मसाल जुलुसको क्रममा कैलालीको धनगढीबाट मन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

कैलालीका धनगढी, अत्तिया, गौरिगंगा लगाएतका ठाउँमा बमहरु बिस्फोट भएको बन्द कर्ताले जनाएका छन् ।
त्यसैगरी डोटीको बुडर नजिक बन्दको अबज्ञा गर्ने एक मिनि टाटा गाडिमा आगजनी भएको समाचार प्राप्त भएको छ ।