जीप दुर्घटनामा परी ग्लोबल आईएमई बैंकका धनगढी शाखा प्रमुखसहित दुईको मृत्यु

धनगढी, २२ वैशाख । ग्लोबल आईएमई बैंकका कर्मचारी सवार जीप दुर्घटना भएको छ । धनगढीबाट नेपालगंज आउँदै गरेको बैंकको बा १७ च १२१७ नम्बरको जीप बर्दियाको बारबार्दिया नगरपालिका ९ औरीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी बैंकका धनगढी शाखा प्रमुख रामबहादुर हमालको मृत्यु भएको बताइएको छ । बैंकका अर्का कर्मचारी भवन पन्तको पनि मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबै कर्मचारी खतरामुक्त छन् ।

पछाडिका पांग्रा फुस्किएपछि जीप दुर्घटना भएको प्रहरीको भनाई छ ।