महिला सामाजिक अभियन्ता सृजनालाई सम्मान
धनगढी, २१ बैशाख । महिलाहरुको हक अधिकार र सामाज रुपान्तरणका लागि योगदान दिने सृजना सिंह योञ्जनलाई सात नम्बर प्रदेशको राजधानी धनगढीमा सम्मान गरेको छ ।
आज धनगढीमा एक कार्यक्रमको आयोजना गरी नारी उत्थान मंचले उहाँलाई खाँदा र प्रमाणपत्र सहित सम्मान गरेको हो ।
सृजना सिंह योञ्जन देशभरी छरीएर रहेका संघर्षशील महिलाहरुलाई नवदेवीका नाममा नवदेवी सम्मान दिदै आएकी छिन् । अहिले पनि नेपाल योञ्जले काठमाडौं र अमेरिकामा रहेर महिलाको हक अधिकारका लागि क्रियाशिल छिन् । नारी उत्थान मंचले उनको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
संघर्षशिल नेपालका २५ जना महिलाहरुको अनुभव र भोगाईलाई बेलायतको बिश्व बिद्यालयको पाठ्क्रममा समावेश गर्न उनको योगदान रहेको छ ।

सम्मान कार्यक्रममाा बोल्दै उनले नारी उत्थान कैलालीले गरेको सम्मानले आफुलाई थप काम गर्न जिम्मेवार महसुस गराएको बताईन् ।
सम्मान कार्यक्रमका प्रमुख अतिथी सात नम्बर प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले उनले समाज परिर्वतनका लागि गरेको कामको प्रशंसा गरे थिए । उनले समाज रुपान्तरण गर्नका लागि महिलाहरु शैक्षिक र आर्थिक रुपमा अगाडी बढ्नुपर्ने बताईन् ।
अझै सात नम्बर प्रदेशमा महिलाहरुका धेरै समस्या रहेको उल्लेख गर्दै उनले महिलाहरुको हक अधिकारका लागि आफनो साथ र सहयोग रहने प्रतिबद्धता रहेको बताईन् । कार्यक्रममा वरिष्ठ पत्रकार उमीद बागचन्द, वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी, ओरेक नेपालकी संयोजक बिनु राना लगाएतले शुभकामना व्याक्त गरेका थिए । नारी उत्थान मंच कैलालीका अध्यक्ष निर्मला बागचन्दको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रसुता जैरुले गरेकि थिईन् ।













