गृहमन्त्रीको आदेश पश्चात दर्जनौं गिरफ्तार, प्रदेश नं. ७ का सबै पदाधीकारीहरुको मोवाइन अफ
धनगढी, २१ बैशाख । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले यातायात ठप्प पारेपछि यात्रुहरु अलपत्र परेका छन् । सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने देशभरका यातायात ब्यवसायीलाई २४ घण्टाभित्र पक्राउ गर्न गृहमन्त्री बादलले कडा निर्देशन दिएपछि दर्जनौं गिरफ्तार परेका छन् ।
तर प्रदेश नं. ७ का यातायात समितिका पदाधिकारी गिरफ्तार पर्ने डरले मोवाईल अफ गरेर लुकेर बसेका छन् ।
यातायात व्यावसायी महासघ ७ नम्बर प्रदेशका सयोजक तथा सयुक्त आन्दोलन आन्दालेन मुल समितिका सयोजक टेक राज जोशी, सु.प. यातायात व्यावसायी समितिका अध्यक्ष पदमराज सापकोटा, लगायतका यातायात व्यावसायीा पदाधिकारी मोवाईल अफ छ ।
प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक विर बहादुर बुढा मगरले यातायात व्यावसायीको खोजी कार्य जारी रहेको बताए ।













