चुनाव चिन्ह ‘सूर्य’ राख्न प्रचण्ड सहमत, २२ गते एकताको संकेट

कैलाली, २१ बैशाख । दुई दलका अध्यक्षहरुबीचको वार्ता सकारात्मक ढङ्गले अघि बढेपछि सम्भवतः आउने शनिबार २२ गते पार्टी एकताको मिति घोषणा गर्ने तयारी गरिएको दुवै अध्यक्षका सचिवालयका सदस्यहरुको बुझाई छ ।

विहीबार दुई पटकसम्म दुई अध्यक्षबीच भएको वार्ता सकारात्मक भएपछि एकता अगाडि बढ्ने संकेट देखिएका हो ।

विहीबारको वार्तामा माओवादी केन्द्रका अध्यक्षले चुनाव चिन्ह ‘सूर्य’लाई नै स्वीकार गरेका थिए । योसँगै एकीकृत पार्टीको चुनाव चिन्ह अब ‘सूर्य’ नै हुने भएको छ । यसअघि माओवादी केन्द्रका नेताहरुले सूर्य्भित्र आफ्नो चुनाव चिन्ह राख्नु पर्ने बताउँदै आएका थिए ।

विहीबार विहान र दिउँसो गरी दुई पटक भएको वार्तामा कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन उचित भएको निष्कर्ष निकाल्दै सामान्य भाषा परिमार्जनसहित पार्टी एकता संयोजन समितिमा पेश गर्न दुबै अध्यक्ष तयार भएका छन् ।

माओवादी केन्द्रले उठाउँदै आएको प्रस्तावनामा जनयुद्ध शब्द राख्नेबारे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको बताइएको छ ।
एकीकृत पार्टीको केन्द्रीय समिति ३७५ सम्मको बनाउने पनि ओली–प्रचण्ड सहमत भएका छन् ।