धनगढीमा मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१८ तालिम सुरु

धनगढी, २१ बैशाख । सात नम्बर प्रदेशको राजधानी धनगढीमा एसइइ परिक्षा दिएर फुर्सदको समयमा बसेका बिधार्थीहरुलाई लक्षित गरेर “मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१८” को आयोजना हुने भएको छ ।

परिक्षा दिएर बसेका बिद्यार्थीका लागि यस कार्यक्रमले महत्वपुर्ण सहयोग पुग्ने आयोजको अपेक्षा रहेको छ ।

बिधार्थीहरुका लागि बिभिन्न अबसरहरु प्रदान गर्दै उनीहरुका क्षमता लाई थप उजागर गरि ब्यक्तित्व तथा बौद्धिक बिकास गराउने उदेश्यका साथ कार्यक्रम हुन लागेको आयोजकले जानकारी दिएको छ ।

भबिश्यमा आउने चुनौतीको सामना गर्ने र आफुलाई सक्षम तुल्याउन प्रतियोगिता आयोजना गर्न लागेको आयोजक प्लानेट ईन्टरटेनमेन्ट ईन्टरनेशनले जनाएको छ ।

बिगत लामो समय देखी मनोरन्जन क्षेत्रमा अधिराज्य भर बिभिन्न कार्यक्रमहरुको सफल आयोजना गरिसकेको नेपालको स्थापित संस्था प्लानेट इन्टरटेन्मेन्ट ईन्टरनेस्नल प्राली द्वारा आयोजना गर्न लागिएको यस कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई २० देखी २५ दिनको बिभिन्न उपयोगी तालिमहरु ब्यक्तित्व बिकास, आत्मबिश्वास, नेतृत्व क्षमता, वाक कला तथा कार्य क्षमता बिकास जस्ता तालिम प्रदान गरी बैशाखको दोस्रो हप्ता अन्तिम प्रतिस्पर्धा गराई उत्कृष्ट छनौट गरिने छ ।

अहिले धनगढीमा धनगढीमा यो सम्बन्धी तालिम सुरु भईरहेको छ । यस तालिममा सहभागि गराउन चाहनेहरुले पनि सम्र्पक गर्न आयोजकले जानकारी गराएको छ ।

यस कम्पनी ले यस अघी बिगतका बर्षहरुमा पनि धनगढीमा यही स्तरको तीन वटा कार्यक्रम एस एल सि प्रीन्स एण्ड प्रीन्सेसको नामबाट सफलताका साथ सम्पन्न गराई सकेको छ । जसबाट बिजयी सबै छ जना (पुरुष बाट ३ महिला बाट ३ ) प्रतियोगिहरुलाई पूर्ण छात्रबृती प्रदान गरी धनगढी लगायत काठमाण्डौका कलेजहरुमा अध्यनरत छन ।

अबको संस्करणमा पनि बिगतको जस्तै बिजेताले जुन सुकै संकायमा पुर्ण छात्रबृती पाउनेछन र सो छात्रबृती काठमाडौं स्थित कलेज पेन्टागन ईन्टरनेश्नलले प्रदान गर्नेछ । त्यसका साथमा काठ्माडौ कै कलेज वोरिन्ट कलेजले पनि अधिकतम ४ लाख सम्म को छात्रबृती प्रदान गर्नेछ । यसका अलावा विजेतालाई थुप्रै आकर्षक पुरस्कारहरु राखिएको आयोजकले बताएको छ ।

कार्यक्रमका लागि धनगढी स्थित कलेजहरु लगायत धनगढी स्थित मेरो शृङगार मोर्डन फेसनको पनि सहकार्य रहने छ । धनगढीको जलासा होटेलमा दक्ष र अनुभवी प्रशिक्षक बाट तालिम भईरहेको आयोजकले जानकारी दिएको छ ।