मुहार फेरिदै बेहडाबाबाको
कैलाली, १८ बैशाख । कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाँबा मन्दिरमा करिब २ करोड रुपैयाको लागतमा भौतिक संरचना निर्माणको काम शुरु भएसंगै बेहडाबाबा मन्दिरको मुहार फेरिने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को रामपुरमा रहेको उक्त मन्दिरमा अहिले ५ सय मिटर नाली सहितको पकी सडक, मन्दिरको चारैतिर पर्खाल निर्माण, खानेपानी र मन्दिर परिर्षदमा कृष्णमन्दिर निर्माणको काम भईरहेको छ । बेहडाबाबा मन्दिर प्रतिको छुटै धार्मिक विश्वास भएका कारण बर्षेनी नेपाल र भारतका करिब ३ लाख भक्तजनहरुले पुजा–आजा गदै आएका छन् ।
लामो समय देखि ओझेलमा रहेका बेहडाबाबा मन्दिरको स्थानीय तहको निर्वाचन पछि मुहार फेरिदै गएको छ । मन्दिर परिर्षदमा अहिले २७ लाखको लागतमा खानेपानीको व्यवस्था, १५ लाखको लागतमा १ सय ३७ मिटर पर्खाल र ५ मिटर नाली सहितको पक्की निर्माणको काम शुरु भएको छ ।
त्यस्तै संघन सहरी विकास कार्यक्रम अन्तरर्गत करिब डेर करोडको लागतमा बेहडाबाबा मन्दिर परिषदमा रिङरोडको काम शुरु भएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष खेम बहादुर चन्दले बताए । उनले स्थानीय तहमा जनप्रतिनिधी आएसंगै बेहडाबाबा मन्दिर व्यवस्थापनको पाटोमा सुधार हुदै गएको जानकारी दिए ।
वेहडाबाबा मन्दिरमा गंगा दशहरा, चैते औसि, शिवरात्री र माघीमा मेला लाग्ने गर्दछ । मेलामा नेपालका विभिन्न जिल्ला सिहत भारतबाट समेत ठुल्लो संख्यामा दर्शनार्थी आउँने गरेको मन्दिर व्यवस्थापन समितीका सदस्य पदम बहादुर धार्मीले बताए । उनले जेठ १० गते देखि बेहडाबाबा मन्दिरमा लाग्ने गंगादशहरा मेलाको तयारी पनि शुरु भएको जानकारी दिए ।
बेहडाबाबा मन्दिर सुदूरपश्चिम क्षेत्रको मात्रै नभई नेपालकै चर्चित मन्दिर मध्येको एक मन्दिर रहेको मन्दिरका मुल पुजारी चेतजाराज भट्टले बताए । हो । उनले बेहडाबाबा मन्दिरमा बर्षनी नेपाल तथा भारतबाट पति तथा पुत्रलाभको विश्वास बोकेर तिर्थालुहरु आउने गरेको जानकारी दिए ।
बेहडाबाबा मन्दिरमा पुजा गरेको अवस्थामा मनले सोचेको काम पुरा हुने भएकैले होला, मन्दिरमा श्रद्धालुहरुको भीड बढिरहेको उनको भनाई छ । मुलपुजारी भट्टले मन्दिर व्यवस्थापन समितीले मन्दिर परिर्षदमा भक्तजनहरुका लागी धर्मशाला निर्माण गर्न सके अझै श्रद्धालुहरुको भिड बढ्ने विश्वास ब्यक्त गरे ।
बेहडाबाबा मन्दिर सुधारको जिम्मा अहिले धनगढी उपमहानगरपालिकाले लिएको छ । धनगढी उपमहानगरपालिकाले गुरु योजनामा पारेरका काम गरिरहेको धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप वहादुर वडले बताए । उनले कैलाली जिल्लाकै प्राचिन धार्मिक स्थलको संरक्षण तथा व्यवस्थापनका लागी उपमहानगरपालिका जिम्मेवारी पुर्वक लागी परेको बताए ।
बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढीवाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम राजमार्गको चौमाला बजारवाट करिब छ किलोमिटर दक्षिणमा अवस्थित छ । मन्दिरसम्म जाने दुबैतिरवाट गतिलो सडक मार्ग नहुदाँ भक्तजनहरुले सास्ती खेप्दै आएका छन् । जसले गर्दा सवै मानिसको पहुच बेहडाबाबा मन्दिर सम्म पुग्न सकेको छैन् । त्यसैले धनगढी उपमहानगरपालिका र मन्दिर व्यवस्थापन समितीको ध्यान सडक मर्मत तिर केन्द्रित हुन जरुरी छ ।













