विप्लव निकट क्रान्तिकारी पत्रकार संगठनको महाधिवेसनः टीकापुरमा थारुका घर जल्दा कहाँ थियो मिडिया ?
काठमाडौं, १५ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढाले नपाली मिडिया हाउस सत्ताको पक्षमा कलम चलाउदै आएको बताउदै क्रान्तिकारी पत्रकारहरु जनताको पक्षमा कलम चलाईरहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बुढाले सो कुरा बताएका हुन् ।
उनले नेपाली मिडिया हाउस दुईधारमा विभाजित भएको बताउदै सत्ता जनताको पक्षमा नरहेकोले नेपालका बिग मिडियाहरु ज्नताको पक्षमा उभिन नसकेको बताए ।
उनले राजनीतिक क्षेत्रले गर्न नसकेको काम पत्रकारहरुले गरिरहेको बताउदै पत्रकार जनताको पक्षमा उभिए परिवर्तन हुने बताए ।
नेता बुढाले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा बढ्दै गएको गोयबल्स शैलीको विषयमा चिन्ता व्याक्त गर्दै पत्रकारहरुको कलम प्रगतिको पक्षमा चलाउने निदेशन समेत दिए ।
उनले वर्गीय समाजको अन्त्य नभएसम्म पत्रकारितामा पनि वर्गको अन्त्य हुन नसक्ने बताउदै नेता बुढाले अग्रगामी विचार र सत्यतथ्य समाचार सम्प्रेषण आग्रह गरे ।
कार्यक्रममा आदिवासी जनजाती पत्रकार संघका केन्द्रीय उपाध्यक्ष लक्की चौधरीले राज्यको हरेक निकायमा समाबेशीता हुनु पर्ने बताए । उनले भने ‘हामी राज्यको उधारो चौठो अंग हौ, हामी शक्तिका पुजारी हौंं’ भन्दै नेपाली पत्रकारीताको तस्बीर डर लाग्दो देखिएको बताए ।
उनले २०७२ भदौं ७ गते टीकापुरमा भएको घटनामा पत्रकारको आँखा पुग्यो तर जब ८ गतेको दिन टीकापुरका थारुहरुको घर छानी छानी जलाउदा सबै पत्रकारहरुको आँखा बन्द भएको उदहरण दिदै हामी कस्को लागि पत्रकारीता गरिरहेका छौं भनि प्रतिप्रश्न गरे ।
उनले टीकापुर घटनामा आरोपित २६ जनालाई छानबिन हुनु पर्छ भन्ने तर्कले नेपाली मिडिया मिडिया हाउस गहिरिएर खोज अनुसन्धन गर्न आग्रह समेत गरे ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनले जनपक्षीय पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मानसमेत गरेको थियो । महाधिबेश तीन दिन सम्म चल्ने आयोजकले जनाएको छ ।













