कैलाली भ्रमण वर्ष २०७५ को सचिवालय उद्घाटन
धनगढी, १२ बैशाख । यहि बैशाख २२ गतेदेखि कैलालीको चिसापानीबाट सुरु हुने कैलाली भ्रमण वर्ष २०७५ को बुधबार सचिवालय उद्घाटन भएको छ ।
‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्बद्र्धन एवम प्रचार प्रसार, कैलाली जिल्लाको सम्वृद्ध विकासको मूल अधार’ भन्ने नाराका साथ हुने कैलाली भ्रमण वर्ष २०७५ लाई सफल पार्न जिल्ला समन्वय समितिमा सचिवालयको उद्घाटन भएको हो । उद्योग पर्यटन तथा वनमन्त्री माया भट्ट एक कार्यक्रमका विच सो सचिवालयको उदघाटन गर्नुभएको थियो ।
त्यसैक्रममा बोल्दै वनमन्त्री भट्ट कैलाली जिल्लामा सम्भावना धेरै भएपनि प्रचारप्रसारको कमि रहेको बताइन । कैलाली भ्रमण बर्षले यहाँको आर्थिक एजेण्डाको उठान हुनुको साथै आर्थिक समृद्धिमा टेवा पु¥याउने उहाँले बताइन । यो जिल्लामा सम्भावनाको क्षेत्र धेरै भएपनि आर्थिक दृष्ट्रिले पछाडी रहेको वनमन्त्री भट्टले भनिन । उहाँले कैलाली जस्तै अछाम र बैतडीमा पनि यहि महिनादेखि भ्रमण वर्ष गर्ने तयारी भइरहेको बताइन ।
जिल्ला समन्वय समितिका संयोजक सुर्य बहादुर थापा कैलाली भ्रमण वर्ष २०७५ अन्र्तगत बर्षभरी सिजन अनुसार १२ वटा कार्यक्रम गर्ने बताए । कैलालीमा रहेका सम्भावित पर्यटकीय क्षेत्रहरु ओझेलमा परेकोले सबै अ–आफनो ठाँउबाट प्रचार प्रसार गर्न जरुरी रहेको बताउनु भयो ।
कैलाली भ्रमण बर्षको उद्घाटन यहि बैशाख २२ गते विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको संयोजक थापाले बताए । त्यसै क्रममा प्रदेश–७ को मूल ढोका (गेट)को उदघाटन पनि रहेको छ ।
सोही अन्र्तगत प्रधानमन्त्री, प्रदेश सातका प्रतिनिधि सभा, प्रदेश सभा, राष्ट्रिय सभाका सदस्य, कैलालीका १३ स्थानीय तहका प्रमुखहरु कर्णालीमा नदीमा ¥याफटीङ गर्दै डलफिनको प्रजनन क्षेत्रको अवलोकन को साथै टीकापुर पार्कमा कार्यक्रम गर्ने जनाइएको छ ।
त्यसको विहानपखा यहाँको सबै जातजातीको झाँकी, परम्परागत पोशाक सहिट टीकापुर अवलोकन, जिल्लामा रहेको पर्यटकीय ठाउँ, धार्मिक मठमन्दिरको अवलोकन भ्रमणको कार्यक्रम तय भएको सचिवालय जनाएको छ । सचिवालय उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका कैलालीका सभापति जगत साउद भ्रमण बर्ष सफल पर्ना सबै संचारकर्मीहरुलाई आग्रह गरेका थिए













