प्रदेश सरकारले भारतमा मजदुरी गर्न जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्छ: मुख्यमन्त्री भट्ट

कैलाली, १२ बैशाख । प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भारतमा मजदुरी गर्नुपर्ने बाध्यतालाई प्रदेश सरकारले न्युनिकरण गर्ने बताएका छन् । बुधबार धनगढीमा सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेशन समारोहलाई उद्घाटन गर्दै मुख्यमन्त्री भट्ट भारतमा मजदुरी गर्न जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने बताए ।

विगतमा एकात्मक शासनका कारण भारत जानुपर्ने सुदुरपश्चिमेलीहरुको बाध्यता भएपनि अब प्रदेश सरकार बनिसकेकाले त्यो बाध्यता न्युनिकरण हुदै जाने मुख्यमन्त्री भट्टले बताए ।

कार्यक्रममा अन्तराष्ट्रिय सुदुरपश्चिमेली समाजका अध्यक्ष धन वहादुर रोक्कामगरले अवसर पाए प्रदेश नम्वर ७ को समृद्धिका लागि प्रवासी सुदुरपश्चिमेलीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

सुदुरपश्चिमेली नेपाली समाज भारतका संयोजक दिपक मल्लको अध्यक्षतामा भएको उद्धघाटन समारोमा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने समाजका अध्यक्ष मल्ले बताए । अधिवेशनमा भारतका विभिन्न शहरमा रोजागरी गर्ने सुदुरपश्चिमेलीहरुको सहभागिता रहेको छ ।