विन्दास मिडिया अवार्डमा ७५ जना टप लिस्टमा छनौट
कैलाली, १२ बैशाख । थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा हुन गईरहेको विन्दास मिडिया अवार्ड २०७५ का लागि १४४ जना मध्ये ७५ जना टप लिस्टमा छनौट भएका छन् । बैशाख ३ गते देखि खुला गरिएको अनलाइन फारम बैशाख १० गते राति ८ बजेसम्म १४४ जनाले अनलाइन फारम भरेका थिए ।
जसमध्ये गायन क्षेत्र तिर मेल गायक १० र फिमेल ९ जना टप लिस्टमा पर्न सफल भएका छन् । त्यस्तै शब्द संगीतमा ५ जना, म्युजिक भिडियो डाइरेक्टरमा ३ जना, बेष्ट म्युजिक भिडियोमा १० जना, कपल मोडलमा १० जना टप लिष्टमा पर्न सफल भएका छन् । त्यसैगरी बेष्ट मोडल मेलमा १० र फिमेलमा ८ जना, क्यामेरा मेनमा ५ र एडिटरमा पनि ५ जना टप लिष्टमा पर्न सफल भएका छन् । उनीहरुलाई आयोजक बिन्दास मिडिया ग्रुपका जुरी मेम्बरहरुले शब्द संगीत, भेषभुषा, स्वर, एडिटि∙ लगायत अन्य योग्यता हेरी छनौट गरिएको हो ।
यस पछि ३५ विद्याका लागि टप लिष्टमा परेकालाई भोटि∙ सिस्टम मार्फत छनौट गरिने आयोजकले जनाएको छ । घोडाघोडी मिडिया ग्रुप ९विन्दास मिडिया० को आयोजनामा यहि बैशाख २१ गते हुन गई रहेको मिडिया अवार्डका लागि थारु कला, संस्कृति, फिल्म, भाषा क्षेत्रमा योगदान पु¥याएका तथा क्रियाशिल रहेकाहरुलाई निशुल्क आवेदनको लागि आहृवान गरिएको थियो ।
उक्त मिडिया अवार्डमा सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष/महिला), लोक गीत गायन (महिला/पुरुष), पप गायन (महिला/पुरुष), फिल्म स्क्रिप्ट लेखन, गीत लेखन, फिल्म निर्देशन, म्युजिक भिडियो निर्देशन विधामा पुरुस्कृत गरिने भएको छ । साथै, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, संगितकार, छायाकार, सम्पादन, नवप्रतिभा, एल्बम, गीत, मोडल, म्युजिक कम्पनी, कला पत्रकारिता लगायत ३५ विधामा अवार्ड वितरण गरिने आयोजक विन्दास मिडिया अवार्डका संयोजक हरेन्द्र चौधरीले जानकारी दिए ।













