विन्दास मिडिया अवार्डका लागि ११९ जनाको अनलाइन आवेदन
कैलाली, ११ बैशाख । थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा हुन गईरहेको विन्दास मिडिया अवार्ड २०७५ का लागि ११९ जनाले अनलाइन फारम भरेका छन् ।
बैशाख ३ गते देखि खुला गरिएको अनलाइन फारम आज १ बजेसम्म उक्त संख्यामा फारम भरेका आयोजकले जनाएको छ । फारम आज राति ८ बजेसम्म भर्न सकिने र उक्त अवधिमा थप आवेदन पर्न सकिने आयोजकले जनाएको छ ।
घोडाघोडी मिडिया ग्रुप (विन्दास मिडिया) को आयोजनामा यहि बैशाख २१ गते हुन गई रहेको मिडिया अवार्डका लागि अनलाइन फारम खुला गरिएको हो । अवार्डको लागि थारु कला, संस्कृति, फिल्म, भाषा क्षेत्रमा योगदान पु¥याएका तथा क्रियाशिल रहेकाहरुलाई निशुल्क आवेदनको लागि आहृवान गरिएको छ ।
अनलाइन फारमका लागि www.tharunk.com/nominations मा गएर आफ्नो नाम सबमिट गर्न सकिने छ । उक्त मिडिया अवार्डमा सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष÷महिला), लोक गीत गायन (महिला÷पुरुष), पप गायन (महिला÷पुरुष), फिल्म स्क्रिप्ट लेखन, गीत लेखन, फिल्म निर्देशन, म्युजिक भिडियो निर्देशन विधामा पुरुस्कृत गरिने भएको छ ।
साथै, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, संगितकार, छायाकार, सम्पादन, नवप्रतिभा, एल्बम, गीत, मोडल, म्युजिक कम्पनी, कला पत्रकारिता लगायत ३५ विधामा अवार्ड वितरण गरिने आयोजक विन्दास मिडिया अवार्डका संयोजक हरेन्द्र चौधरीले जानकारी दिए ।
आवर्डका लागि पूर्व मेची देखि पश्चिम महाकालीसम्मका कलाकार तथा नेपाल बाहिर विश्वका हरेक कुनामा रहेको थारु संस्कृतिलाई संरक्षण सम्बद्र्धनमा योगदान पु¥याएका कलाकार समेत फारम भर्न सकिने संयोजक चौधरी जानकारी दिए ।













