‘नयाँ शिक्षा प्रणाली हुनुपर्छ’
काठमाडौँ, १० बैशाख । अखिल क्रान्तिकारीले आज अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले ‘वर्तमान शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
सोमबार संवाद डबलीमा अायोजित कार्यक्रमका बक्ताहरुले नयाँ शिक्षा प्रणाली लागु हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रातो खबर प्रकासनका निर्देशक गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गर्दै राज्यसत्तामा परिर्वतनका साथै, शिक्षा प्रणालीमा आमुल परिवर्तन गनुपर्ने आवाज उठाएको बताउँदै अहिलेको पाठ्यक्रम नै बदलेर व्यावहारिक र सीपमुखी शिक्षण हुनु जरुरी रहेको बताए ।
कार्यक्रममा वक्ताहरु शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरि लम्साल, नयाँ शाक्ति विद्यार्थी संगठनका श्याम बाबु गौतम, शिक्षाविद मानप्रसाद वाग्ले, अखिल ५ औँ का अध्यक्ष धनश्याम मिश्रलागायतले बोल्दै नयाँ शिक्षा प्रणाली स्थापनामा जोड दिए । लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्व राष्ट्र निर्माण गर्ने कुरामा जोड रहेको छ ।
अध्यक्ष चिरञ्जीवी ढकालले नेपालमा नयाँ शिक्षा प्रणाली स्थापनाको माग गरी शिक्षमा देखिएको समास्या, शैक्षिक समस्याहरुको पहिचान गरी सुधार गर्न आग्रह गरे ।













