प्रदेश नं. ७ को मन्त्री परिषद बैठकमा ९ एजेन्डा माथि छलफल

कैलाली ९ बैशाख । प्रदेश नं. ७ को मन्त्री परिषद बैठक सम्पन्न भएको छ । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले बिभिन्न ९ वटा एजेण्डामा छलफल गरेको छ ।

आजको बैठकले मुख्य मन्त्री कार्यालयबाट प्रस्तावित ५ वटा प्रस्ताव तथा आर्थिक मामिला मन्त्रालयबाट प्रस्तावित ४ वटा प्रस्ताव माथि छलफल गर्दै बिभिन्न निर्णय गरेको आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्त प्रकाश शाहाले जानकारी दिए ।

बैठकले प्रदेश आकास्मिक कोष २०७४ तर्जुमा गर्न आन्तरिक मामिला तथा योजना मन्त्रालयलाई सैधान्तिक सहमति दिने, विनियोजन विद्येयक २०७५ र चालु आर्थिक वर्ष २०७४÷०७५ को वजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णण गरेको बताए ।

यस्तै मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट पेश गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्वन्धमा व्यवस्था गर्न वनेको विद्येयक २०७५ को थप अध्ययन गरी पुन क्याविनेटमा ल्याउने, मूख्य मन्त्री तथा मन्त्रीहरुको पारिश्रमीक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विद्ययक तर्जुमाकालागि सहमति प्रदान गर्ने निर्णय गरेको बताइएको छ ।

साथै संघिय सरकारले आगामी वर्ष २०७५÷०७६ का लागि बनाउने नीति तथा कार्यक्रममा प्रदेश सरकारको तर्फबाट समावेश गर्नुपर्ने योजनाहरुको बारेमा पनि छलफल भएको प्रवक्ता शाहाले जानकारी दिए ।