साढे तीन किलो चरेश सहित दुई पक्राउ
कैलाली, ८ बैशाख । कैलालीको धनगढीबाट लागु औषध चरेश सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–३ प्रकृतिनगरमा पसल सञ्चालन गर्दै आएका बर्ष ३५ का प्रजापति पन्त र वडा नम्बर ४ का रामसिह धामीलाई प्रहरीले चरेश सहित पक्राउ गरेको हो ।
पन्तको पसलबाट खरीद बिक्री भईरहेको अवस्थामा उनीहरुलार्ई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए ।
उनीहरुको साथबाट तिन किलो चार सय ग्राम लागु औषध चरेश बरामद गरीएको प्रहरी उपरिक्षक घिमिरेले बताए । उनीहरुलाई थप अनुसन्धानको लागि नियन्त्रणमा राखिएको घिमिरेले जानकारी दिए ।













