आइतबार बजेट भाषण हुने
धनगढी, ८ बैशाख । प्रदेश ७ को सरकारले पहिलो पटक बैशाख ९ गते (आईतवार) बजेट ल्याउने जाएको छ । चालु आर्थिक वर्ष २०७४/७५ का लागि आईतवार १ अर्व २ करोड ५ लाखको बजेट ल्याईन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जानकारी दिए ।
आईतवार दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकको विशेष समयमा आर्थिक मामिला तथा योजना मन्त्री बोहराले चालु आर्थिक वर्षका ३ महिनाका लागि बजेट पेश गर्न कार्यक्रम रहेको बोहराले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शकर कृष्ण श्रेष्ठले बजेटको सम्पूर्ण तयारी पुरा भएको बताएका छन् । बजेट ल्याउनका लागी आवश्यक पर्ने कानुन निर्माण, प्रारम्भिक दस्ताबेज र बजेट भाषण तयार पारिसकिएको सचिव श्रेष्ठले जानकारी दिए ।
वैशाख देखि असार सम्मका लागी प्रदेश सरकारले ल्याउने बजेटमा आयको उल्लेख नहुने र यसमा खर्चको विषय मात्रै उल्लेख हुने श्रेष्ठले बताए ।
बजेटमा दीर्घकालीन भन्दा तत्कालीन विषयलाई समावेश गरिएको छ । खानेपानी, सडक, शिक्षा, कृषि आदि क्षेत्रमा तत्काल गर्न सकिने कार्यक्रम लाई बजेटले छुने प्रयास गरेको अर्थमन्त्रालयले जनाएको छ ।
छोटो अवधिमा दीर्घकालीन योजनाहरू समावेश गर्न नसकिने भएकाले तत्काल राहत र विकासका विषयलाई मात्रै समावेश गरिएको हो । प्रदेश सरकारले ल्याउने पहिलो बजेटसँगै आर्थिक वर्ष ०७५/७६ को बजेटको तयारी पनि थालेको छ ।













