बल्चौरमै बस्न पाउँनु पर्ने वादी समुदयायको माग

कैलाली, ७ बैशाख । ११ बर्ष देखि लम्की चुहा नगरपालिका वडा नम्बर ३ को बल्चौरमा वस्दै आएका वादी समुदायले सोहि स्थानमा स्थाई वसोवासको व्यवस्था हुनुपर्ने माग राख्दै प्रदेश सरकारलाई ज्ञापन पत्र वुझाएका छन् ।

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बलचौरका वादी समुदायले ज्ञापन पत्र वुझाएका छन् । बल्चौरको समस्या समाधानका लागी यस अघि केन्द्र सरकारलाई आग्रह गर्दा आश्वसन मात्र पाएपछि वादी समुदायले प्रदेश लाई खबरदारी गरिरहेका छन् ।

२०६४ साल देखि कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ को बलचौरमा वस्दै आएका १ सय ९२ वादी परिवार लाई सरकारले विभिन्न वहानामा वस्ती स्थान्त्रण गर्न थालेको भन्दै वादी समुदाय आक्रोसित बनेका हुन् । विगत ११ बर्ष देखि उक्त स्थानमा बस्दै आएका वादी समुदायका लागी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले खानेपानी, विजुली, शौचालय र विद्यालयको व्यवस्था गरिएका कारण आफुहरुले उक्त स्थानमा नै वस्न पाउँनु पर्न बल्चौरकी रमा वादीले बताइन् ।

उनले संगै जोडियको मुक्त कमैया बस्तीलाई लालपुर्जा दियर ब्यवस्थीत बसोवास गराईएपनि वादी समुदायलाई त्याहा बाट हटाउने सड्यन्त्र भईरहेको बताइन् ।

२०६४ सालमा आफ्नो अधिकारका लागि निरन्त्रर संषर्घ गदै आएपनि आफुहरका माग सम्बोधन नभएको बल्चौर टोल सुधार समितीका संयोजक रमेश वादीले बताए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको घर आवस कार्यक्रम अन्तरर्गत वादी समुदायले पाउँने घर लम्कीको बल्चौरमा नै बनाउन पाउनु रमेश वादीको भनाई छ ।

प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले वादी समुदायको समस्या प्रति प्रदेश सरकार संवेदनशिल रहेको बताए । उनले प्रदेश सरकारका तर्फ बाट सकिने सहयोगका लागी आफु तयार रहेको जानकारी दिए । मन्त्री बोहराले वादी समुदायको आर्थिक आय आर्जनका लागी यस बर्षको बजेटमा सिपमुलक तालिमका लागी बजेट छुट्याईएको बताए ।

लम्की चुहा नगर कार्यपालिकाको पहिलो बैठकले यस अघि नै वडा नं. ३ को वादि बस्तीलाई सोही ठांउमै ब्यवस्थापन गर्न सकिने जनाएको छ । वादी बस्ती संगै जोडिएको मुक्त कमैया बस्तीले लालपुर्जा पाईसकेका कारण वादी समुदाय लाई समेत उक्त स्थानमा राख्ने पक्षमा नगरपालिका रहेको छ ।