पत्रकार गणेश चौधरीलाई मातृशोक
धनगढी, ७ बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पूर्व केन्द्रीय उपाध्यक्ष एंव कान्तिपुर दैनिकका टीकापुर संवाददाता पत्रकार गणेश चौधरीकोे ७५ वर्षिया आमा बसमति चौधरीको बिहीबार राती निधन भएको छ ।
उक्त दुःखद घटनाप्रति फोनिजका जिल्ला अध्यक्ष लखन चौधरीको हस्ताक्षरमा फोनिज कैलाली परिवार स्तब्ध भएको शोक वक्तव्य जारी गरेको छ ।
साथै थारु पत्रकार संघ नेपाल कैलालीको अध्यक्ष प्रेम चौधरीको हस्ताक्षरमा दुःखद घटनाप्रति शोक वक्तव्य जारी गरेको छ ।
वक्तव्यमा यस दुःखद घडीमा भगवानले शोक सन्तप्त परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना सागै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्घाञ्जली व्यक्त गरेको छ ।













