नेपाल पत्रकार महासंघ ७ नं. प्रदेशको निर्बाचन कार्यालयमा तालाबन्दी
धनगढी, ७ बैशाख । नेपाल पत्रकार महासंघ ७ नं. प्रदेशको निर्बाचन कार्यालयमा तीन संगठनले तालाबन्दी गरेको छन् ।
नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिवेशनमा तीन ठूला पत्रकार संगठनले भागवण्डा गरेको भन्दै असन्तुष्ट बनेका पत्रकार संघ–संगठनहरुले शुक्रबार तालाबन्दी गरेका हुन् ।
प्रदेश नं. ७ को महासंघको निर्वाचन कार्यालय रहेको नेपाल पत्रकार महासंघ कैलालीको कार्यालयमा क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ र संघिय प्रेस फोरमले तालाबन्दी गरेका हुन् ।
संगठनले आन्दोलनबारे जानकारी गराउँदै बाहिर निस्कन आग्रह गरेपछि महासंघको जिल्ला अध्यक्ष सहितको टोलीसंग केही समय विबाद भएको थियो । विबाद पश्चात आन्दोलित पत्रकार संगठनले सहज तरिकाले ताला लगाएका थिए ।
तीन संगठनले निर्वाचनको वैधतामा समेत प्रश्न उठाउँदै तत्काल सबैसँग छलफल गरी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
उनीहरुले भागवण्डाका नाममा तीन ठूला संगठनको सिण्डिकेट खारेज हुनुपर्ने, महासंघलाई व्यवहारमै सबै पत्रकार आवद्ध संघसंगठनको साझा र समावेशी संस्था बनाउनुपर्ने माग गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा सेति महाकाली ब्यूरो इन्चार्ज उन्नती चौधरी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तथा प्रदेश इन्र्चाज सुशिल ढुंगाना र संघिय प्रेस फोरमका केन्दीय उपाध्यक्ष हिमेश विकको नेतृत्वमा तालाबन्दी गरिएको हो ।













