टोकन सिस्टम सेवा प्रभावकारी नभएपछि अनलाईन सेवाको माग

धनगढी, ६ बैशाख । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा टोकन सिस्टम लागु गरिएपनि ग्राहकले छिटो छरितो सेवा पाउन नसकेको ग्राहकहरुको गुनासो छ । विजुलीको विल बुझाउन अझै पनि घण्टौ समय कुर्नुपर्ने अवस्था कायमै रहेको छ ।

विजुलीको विल तिर्न घण्टौ लाईन लाग्नुपर्ने समस्याको अन्त्यको लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीले केही महिनादेखि टोकन सिस्टम लागु गरेपनि प्रभावकारी नभएपछि ग्राहकहरुबाट गुनासो आएको हो ।

वितरण केन्द्रका कर्मचारीहरुले आफ्नो नजिकको व्यक्तिलाई छिटो छरिटो सुबिधा दिने अन्यलाई घण्टौ लाईनमा बसाउने परिपाटीको अन्त्य हुन नसकेपछि टोकनले पनि सेवा प्रभावकारी हुन नसकेको हो ।

चिनजानको व्याक्ति भएपछि एउटै टोकनमा ३÷४ जनाको बिल तिर्ने भएकोले अन्य ग्राहक मर्कामा परेका हुन् । टोकन सिस्टमले विजुलीको विल तिर्नका लागि घण्टौ कुनुपर्ने अवस्थाको अन्त्य हुन नसकेको भन्दै ग्राहकहरुले मोवाईलबाटै विल तिर्न सकिने व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रलाई माग गरेका छन ।

धनगढी वितरण केन्द्रमा करिव ५३ हजार ग्राहक छन । वितरण केन्द्रले ई विलिङ सेवा सुरु गरेमा ग्राहकरुले प्रभु बैङ, ईन्भेष्टमेन्ट बैक, ईसेवा प्रालि, महालक्ष्मी बैक, हिमालयन बैक लगायतका करिव १ दर्जन बैक तथा वित्तिय सस्थामा खाता खालेर मोवाईलबाटै विल तिर्न सक्नेछन ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीले टोकन सिस्टम लागु गरेपनि टाढा टाढा बाट आएर विल तिर्नका लागि घण्टौ–घण्टौसम्म लाईन लाग्नुपर्ने बाध्यताको अन्त्यका लागि ग्राहकहरुले मोवाईलबाटै विल तिर्न सकिने व्यवस्था गर्न माग गरेका हुन ।

वितरण केन्द्रको चाप कम गर्न वडा कार्यालयबाट समेत महशुल तिर्न व्यवस्था हुनुपर्ने उपभोक्ताहरुले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढी भने विविध कारण मोवाईलबाटै विल तिर्न सकिने व्यवस्था गर्न नसकेको बताउदै आनाकानी गरिरहेको छ । गत वर्षको असोजमा नै ई विलिङ सेवा सुरु गर्ने जनाएको वितरण केन्द्रले अहिलेसम्म उक्त सेवा सुचारु गर्न सकेको छैन ।

धनगढी वितरण केन्द्र कहिलेसम्म सेवा सुचारु गर्ने भन्नेबारे अझै प्रष्ट छैन । वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले भने अबको केहि दिनमा ई विलिङ सेवा शुरु हुने दावी गरेका छन् ।

वितरण केन्द्र धनगढीले टोकन सिस्टम लागु गरेपनि टाढा टाढा बाट आएर विल तिर्नका लागि घण्टौ–घण्टौसम्म लाईन लाग्नुपर्ने बाध्यताको अन्त्यका लागि ग्राहकहरुले मोवाईलबाटै विल तिर्न सकिने व्यवस्था गर्न माग गरेका हुन । त्यसैले ग्राहकले घरमै बसेर विजुलीको विल तिर्ने सेवा सुचारु गर्न वितरण केन्द्रले पहल गर्न आवश्यक छ ।