विद्यार्थीलाई भर्ना गराउनु मात्रै उपलब्धी होइनः मुख्य मन्त्री भट्ट
धनगढी, २ बैशाख । शैक्षिक सत्र २०७५ का लागि भर्ना अभियानको उद्घाटन गर्ने क्रममा प्रादेशिक सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगपालिका ७ की ५ बर्षीय नम्रता रानालाइ भर्ना गराएका हुन् ।
मुख्य मन्त्रीका हातवाट पाठ्यपुस्तक ग्रहण गर्दै राना सरस्वती माविको कक्षा १ मा भर्ना भइन् । विद्यार्थी भर्ना अभियानको उद्घाटन कार्यक्रमा बोल्दै मुख्य मन्त्री भट्टले शिक्षाका नाममा करोडौ रुपैया खर्च भएपनि उपलब्धी भन्ने शुन्य रहेको बताए ।
उनले विद्यालयमा विद्यार्थीलाई भर्ना गराउनु मात्र उपलब्धी नभई उच्च शिक्षा सम्म लैजानु महत्वपुर्ण रहेको बताए । सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अभिभावक र शिक्षक दुवै जिम्मेवारी बन्नु पर्ने मुख्य मन्त्री भट्टको भनाई छ ।
सरकारले सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न धेरै प्रयास गरेपनि अवस्था भने दिनप्रतिदिन खस्किदै गएको छ । सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले नै आफुले पढाउने विद्यालयको विश्वास नगरि आफ्नो छोराछोरीलाई निजी विद्यालयमा बढाउने गरेका कारण सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार नआएको मुख्य मन्त्री भट्टले बताए ।
उनले सरकारका मन्त्रीहरु, सांसदहरु, सामुदायिक विद्यायमा बढाउने शिक्षकहरुले छोराछोरीलाई सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययन गराएको अवस्थामा सुधार हुने बताए ।
शिक्षा विभागले यस पटक हामी सबैका इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने नारा तय गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार प्राथमिक उमेर समूहको भर्ना दर ९७ दशमलव २ प्रतिशत र कक्षा १ देखि ८ सम्मको आधारभूत तहको खुद भर्ना दर ९२ दशमलव ३ प्रतिशत रहेपनि त्यो सन्तोषजनक नभएको प्रदेश सातका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले बताए ।
उनले शिक्षा विभागको तथ्याङ माथी नै संका उत्पन्न भएका कारण भर्ना अभियानलाई प्रभावकारी बनाउन आवश्यक भएको बताए । सरकारले शुरु गरेको भर्ना अभियानलाई स्थानिय तह, विद्यालय र अभिभाबकले सहयोग गनुपर्ने जानकारी दिए ।
कैलालीमा जेठ १४ गतेसम्म औपचारीक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन हुने छ । त्यस पश्चात पनि घरदैलो कार्यक्रम राखेर विद्यालय उमेरसमुहका वालवालिकालाइ विद्यालय भर्ना गर्ने कतिपय स्थानीय तहले योजना वनाएका छन् । व्यवस्थापन समिति र शिक्षक मार्फत शतप्रतिशत विद्यार्थी भनाइ गराउने लक्ष जिल्ला शिक्षा कार्यालय कैलालीको रहेको जिल्ला शिक्षा अधिकारी गणेश वहादुर सिंहले बताए ।
शैक्षिक सत्र २०६१ बाट शुरु भएको भर्ना अभियानमा हरेक बर्ष औसतमा प्रतिवर्ष डेढ प्रतिशतका दरले भर्ना दरमा सुधार आएको देखिएपनि पनि विद्यार्थीको आकर्षण भने घट्दो छ । त्यसैले भर्ना अभियान लाई नारामा मात्र सिमित नराखि सवैको तर्फबाट पहल हुन आवश्यक छ ।













