सिरियामाथि अमेरिकाको मिसाइल अाक्रमण, तेस्रो विश्‍वयुद्धको खतरा

१ वैशाख, धनगढी । अमेरिका सिरियामाथि अाक्रमण सुरु गरेको छ । सिरिया सरकारले रसायनिक अाक्रमण गरेको भन्दै अमेरिकाले हवाई अाक्रमण सुरु गरेको हो । उसलाई फ्रान्स र ब्रिटेनले पनि साथ दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दै अाक्रमण जारी रहने बताएका छन् ।

अमेरिकी हमलापछि सिरियाको राजधानी दमास्कस र आसपासका क्षेत्रमा धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

उता सिरिया सरकारलाई सहयोग गर्दै अाएको रुसले पनि जवाफी कारवाही गर्ने बताउँदै अाएको छ । यसले पनि हवाइ हमलाको तयारी गरिरहेको बताइएको छ ।

अमेरिकाको अाक्रमणले विश्‍वयुद्ध निम्त्याउन सक्ने बताइएको छ ।